Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Friday, March 13, 2026
गृहपृष्ठराजनितिविशेष महाधिवेशनसँगै कांग्रेस संस्थापनको रणनीति, युवा र जिल्ला नेतृत्वको भेला

विशेष महाधिवेशनसँगै कांग्रेस संस्थापनको रणनीति, युवा र जिल्ला नेतृत्वको भेला


काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले पार्टी भित्रको विशेष महाधिवेशनको कदमलाई सन्तुलन दिने रणनीति बनाएको छ ।

उक्त समूहले पुस २७ गते युवा भेला र २८ गते जिल्ला सभापति भेला गर्ने तयारी गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा भएको छलफलपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मितिसँगै यस भेला आयोजना गर्ने निर्णय गरेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य जीतजंग बस्नेतले जानकारी दिंदै भने, “युवा भेला तरुण दलका अध्यक्ष विद्वान गुरुङले संयोजन गर्ने छन् भने, जिल्ला सभापतिको भेला भक्तपुरका सभापति दुर्लभ थापाले नेतृत्व गर्ने छन्।”

पार्टीले आगामी वैशाख २८–३१ का लागि १५ औं महाधिवेशन गर्ने निर्णय गरेपछि संस्थापन पक्षले काठमाडौँको भृकुटीमण्डमा  पूर्वतयारी भेला आयोजना गर्ने योजना बनाएको छ ।

विशेष महाधिवेशनका तयारीबीच आयोजना हुने यी भेला पार्टीभित्रको विचार–विमर्श र रणनीतिक निर्णयमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino