वीरगन्जमा कर्फ्यु थपियो, मंगलबार दिउँसो १ बजेसम्म निषेध
काठमाडौं। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज क्षेत्रमा जारी कर्फ्युको समय थप गरेको छ। स्थानीय प्रशासनका अनुसार कर्फ्यु अब मंगलबार दिउँसो १ बजेसम्म लागू रहनेछ।
यसअघि सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको थियो। तर, अवस्था अझै सामान्य नभएकाले कर्फ्युको अवधि बढाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए।
कर्फ्युका कारण मंगलबार बिहान वीरगन्जको घण्टाघर क्षेत्र सुनसान देखिएको छ। प्रशासनले वार्तामार्फत विवाद समाधानको प्रयास भइरहेको जनाएको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम वीरगन्ज महानगरभित्र चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरिएको हो। तोकिएका क्षेत्रमा आवतजावत, भेला, जुलुस, सभा तथा प्रदर्शन पूर्ण रूपमा निषेध गरिएको छ।
कर्फ्यु क्षेत्रको सीमांकन अनुसार पूर्वमा बसपार्क–नगवा–इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट समेटिएको छ।
प्रशासनले अत्यावश्यक सेवाबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै आपत्कालीन अवस्थामा नजिकको सुरक्षाकर्मी वा १०० नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, कूटनीतिक नियोग तथा हवाई यात्रुका सवारी साधनलाई सहजीकरण गरिने जनाइएको छ।
दुई धार्मिक समुदायबीच उत्पन्न विवादले हिंसात्मक रूप लिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता कडा पारिएको हो। पछिल्ला दिनहरूमा वीरगन्ज र जनकपुरसहित मधेसका विभिन्न जिल्लामा प्रदर्शन जारी छन्।
आइतबारदेखि सुरु भएको आन्दोलनले जनजीवन प्रभावित बनेको छ। सम्भावित झडप र क्षति रोक्न सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ। प्रशासन तथा मधेस प्रदेशका प्रमुख र मुख्यमन्त्रीले सार्वजनिक अपिलमार्फत् संयमता अपनाउन र साम्प्रदायिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।

ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया