Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठअर्थतन्त्रवैदेशिक रोजगारीको नाममा २८ लाख ठगी, तीन जना प्रहरी नियन्त्रणमा

वैदेशिक रोजगारीको नाममा २८ लाख ठगी, तीन जना प्रहरी नियन्त्रणमा


काठमाडौं । विदेश रोजगारीमा पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ असुली गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्दै आएका उनीहरूले वैदेशिक रोजगारीका लागि भन्दै पीडितहरूबाट करिब २८ लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका–२ मा बस्दै आएका नुवाकोट शिवपुरी गाउँपालिका–३ घर भएका ३८ वर्षीय कृष्णजी थापा, काठमाडौं महानगरपालिका–३१ निवासी सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–६ घर भएका २२ वर्षीय अनिल कुमार साह र चन्द्रागिरी नगरपालिका–३ मा बसोबास गर्ने ललितपुर महानगरपालिका–१६ घर भएका ३० वर्षीय विवेक भुजेल रहेका छन्। प्रहरीका अनुसार कृष्णजी थापाले यूएई पठाइदिने आश्वासन दिँदै एक जनाबाट ६ लाख ३० हजार रुपैयाँ लिएका हुन्।

अनिल कुमार साहले क्यानडा पठाइदिने भन्दै १८ लाख रुपैयाँ असुली गरेको भेटिएको छ भने विवेक भुजेलले यूएई पठाइदिने भन्दै साढे तीन लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको जनाइएको छ।

पीडितहरूको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनीहरूलाई  विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनालाई बुधबार आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जानकारी गराएको छ।

प्रहरीले यस्ता ठगीमा नपर्न सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै शंकास्पद व्यक्तिबारे तत्काल जानकारी दिन समेत अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino