संसदवादी दलहरू कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी लगायतले आफूलाई लाखौं मत प्राप्त जनप्रतिनिधि ठान्छन् । यहाँनेर प्रश्न छ, जनताका प्रतिनिधिहरूले के गर्नुपर्छ रु सामान्यभन्दा सामान्य मान्छेले पनि सजिलै भन्नसक्छ, जनताको हितमा काम गर्नुपर्छ । तर यतिबेला जनताको प्रतिनिधित्व गर्नुपर्ने, नीतिनियम र ऐनकानुन बनाउनुपर्ने संसदवादी दलहरू सबका सब औचित्यहीन अन्तर कलहको गोलचक्करमा व्यस्त छन् ।
जनहितमा काम गर्नुपर्ने सत्ता साझेदार कांग्रेस र एमाले अनि जनताको आवाज बोल्नुपर्ने प्रतिपक्षी माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीभित्र अहिले उदेकलाग्दो अन्तर कलह उत्कर्षमा छ ।
मुकुल ढकाललाई पार्टीबाट निस्कासन गरेपछि रास्वपामा खास अन्तर कलह त छैन तर आफ्नै सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दाबाट उम्क्याउनुपर्ने लाजमर्दो आन्तरिक समस्याले रास्वपा पनि थलिएकै छ । असार साउनमा जनता खेतीपातीमा छन् तर रास्वपा चाहिँ रविलाई निर्दोष देखाउने नियतले हस्ताक्षर सङ्कलनको नाममा कहीँ नभएको गाईजात्रा देखाइरहेको छ ।
सरकार सञ्चालक मन्त्रीदेखि जनताको प्रतिनिधित्व ९रु० गर्छौँ भन्ने सांसदसम्म यतिबेला दूषित मनोविज्ञान बोकेर आपसी घोचपेच र झैझगडामै रुमलिएका छन् । जुन औचित्यहीन उदेकलाग्दो गाईजात्रा बाहेक अरु केही होइन ।
योजना र उद्देश्यको लागि अध्ययन, अनुसन्धान र सिर्जनात्मक काम गरिन्थ्यो भने क्षमताअनुसार सबैले योगदान दिन पाउँथे । सामाजिक हितका लागि सक्नेले धेरै गर्थ्यो । नसक्नेले सक्ने व्यक्तिको लागि ठाउँ दिन गाह्रो पनि पर्थेन किनभने सिर्जनात्मक कार्यहरू सामुहिक हितमा आधारित हुन्थे । अनि लुछाचुडीमय अन्तर कहलहरू देखापर्ने अवस्था नै आउँदैनथ्यो ।
तर विडम्बना, जनताको करबाट तलब र सेवासुविधा लिएर संसदवादी दल र तिनका नेताहरू ठगी, भ्रष्टाचार, तस्करी आदिमार्फत आआफ्नो भकारी भर्ने ध्याउन्नमा लागे । आफन्त र नातागोता पोस्न उद्यत देखिए । जसले स्वभाविक रुपमा लुछाचुडी र आपसी झैझगडाको सिर्जना गर्यो ।
अतस् औचित्यहीन कलह र समस्याबाट छुटकारा पाउन संसदवादी दल र तिनका नेताहरूले दुनियाँभरको सम्पत्ति र सेवासुविधा आफ्नो भकारीमा थुपार्ने चाहना राख्नु हुँदैन बरु निस्वार्थ देश र जनताको हितमा सिर्जनात्मक काम गर्ने कोसिस गर्नुपर्छ । त्यसोभयो भने सेवासुविधा र पहुँच बढी हुने खास जिम्मेवारीको लागि यस किसिमका कहलहरू देखापर्दैनन् । चीजहरू विधिपद्धति र मूल्यमान्यताबाट अगाडि बढ्छन् र देशको हित अनि जनताको सही प्रतिनिधित्व त्यसरी नै हुन्छ ।
अन्यथा देश र जनताको शोषण गरेर निजी स्वार्थका लागि काटमारको राजनीतिमा तल्लीन हुँदा राजा, राणा र पञ्चहरू जसरी इतिहासबाट विलुप्त भए, यो अन्तर कलह लामो समयसम्म रहिरहे अहिलेका संसदवादी दलहरू पनि त्यसरी नै विलुप्त नहोलान् भन्न सकिन्न ।
ताजा अपडेट
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
- भारत टी–२० विश्वकप २०२६ को च्याम्पियन, न्युजिल्यान्डमाथि ९६ रनको शानदार जित
- देशका विभिन्न स्थानमा सवारी दुर्घटना: दुई दिनमा १० जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया