Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिसंसद् यात्रामा हर्क साम्पाङ : ८ हजारभन्दा बढी मतान्तरले सुनसरी –१ विजयी

संसद् यात्रामा हर्क साम्पाङ : ८ हजारभन्दा बढी मतान्तरले सुनसरी –१ विजयी


काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी भएका छन्। उनी निकटतम प्रतिस्पर्धीभन्दा ठूलो मतान्तरसहित निर्वाचित भएका हुन्।

अन्तिम मतपरिणामअनुसार साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गर्दै जीत हात पारे। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङ (सरिन) ले २७ हजार २४९ मत ल्याइन्। दुवैबीच ८ हजार ४९२ मतको फराकिलो अन्तर देखिएको छ।

यसैगरी, नेकपा एमालेका उम्मेदवार टिका मांगलेन ले ६ हजार ३३१ मत प्राप्त गरे भने नेपाली कम्युनिस्ट पार्टीका सूर्य भट्टराई ले ६ हजार २५८ मत हासिल गरेका छन्।

धरानका मेयरसमेत रहेका साम्पाङ प्रतिनिधिसभामा निर्वाचित भएपछि सुनसरी–१ को राजनीति थप चर्चामा आएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino