काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर–४ बाट प्रतिस्पर्धामा उत्रिएका चर्चित सञ्चारकर्मी ऋषि धमला ले मन्त्री पदको प्रस्ताव अस्वीकार गर्दै आफू चुनावी मैदानमा आएको बताएका छन्।
आज चन्द्रनिगाहपुरमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै धमलाले आफ्नो राजनीतिक यात्रा पद र शक्तिका लागि नभई जनताको अवस्था सुधारका लागि भएको दाबी गरेका हुन् ।
उनले विभिन्न पक्षबाट मन्त्री बन्न आग्रह आएको तर त्यसलाई अस्वीकार गरेको उल्लेख गरे। “मन्त्री पद ठूलो कुरा होइन, मेरो लक्ष्य जनताको जीवनस्तर बदल्नु हो,” भन्दै उनले रौतहटको गरिबी, बेरोजगारी र अशिक्षा अन्त्यमा आफू केन्द्रित हुने बताए।
धमला आम जनता पार्टी बाट ‘मोबाइल फोन’ चुनाव चिह्न लिएर प्रतिस्पर्धामा छन्। लामो पत्रकारिता अनुभवलाई राजनीतिक नेतृत्वमा रूपान्तरण गर्ने उनको तयारीले रौतहट–४ को चुनावी माहोललाई थप चासोपूर्ण बनाएको छ।
उनले विजयी भए रौतहटलाई नमुना जिल्ला बनाउने, सुशासन स्थापित गर्ने र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
बिहानदेखि मध्यरातसम्म घरदैलो अभियानमा सक्रिय रहेको दाबी गर्दै उनले जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको बताएका हुन् ।
यसैबीच, रौतहट–४ मा उनको उम्मेदवारीसँगै चुनावी प्रतिस्पर्धा झनै रोचक बनेको छ। मतदाताले विकास, सुशासन र परिवर्तनका एजेन्डालाई कत्तिको साथ दिन्छन् भन्ने विषयले अबको चुनावी परिणाम निर्धारण गर्नेछ।
ताजा अपडेट
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया