सर्लाहीमा ७ किलो गाँजासहित दुईजना पक्राउ, अनुसन्धान जारी
काठमाडौं । सर्लाही प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
आज मलङ्गवा नगरपालिका–७, गणेसिया चोकमा नियमित चेकजाँचका क्रममा ७ किलो ८०० ग्राम गाँजा बरामद गरिएको हो।
पक्राउ पर्नेमा कौडेना गाउँपालिका–१ का १९ वर्षीय निलेश मण्डल र चक्रघट्टा गाउँपालिका–३ का ३२ वर्षीय शेष मोफिज रहेका छन्।
प्रहरीले भारतीय नम्बरप्लेटको मोटरसाइकलमा सवार उनीहरूलाई रोकेर शोधपुछ गर्दा गाँजा सिटको भित्र लुकाएर ल्याएको फेला परेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार, दुवै व्यक्तिविरुद्ध अवैध लागुऔषध मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।
अनुसन्धान अझै जारी, प्रहरी अन्य संलग्न खोजीमा जुटेको छ।
ताजा अपडेट
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया