सहिद दिवसमा प्रधानमन्त्री कार्की द्वारा श्रद्धाञ्जली अर्पण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिद दिवसका अवसरमा लैनचौरस्थित सहिद स्मारकमा पुगेर सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन्।
आज आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले प्रजातन्त्र, राष्ट्र, स्वतन्त्रता र जनअधिकारका लागि जीवन उत्सर्ग गरेका सहिदको योगदान स्मरण गरेकी हुन् ।
काठमाडौँ महानगरपालिकाले माघ १० गतेदेखि सहिद सप्ताह मनाउँदै आएको साताव्यापी कार्यक्रमको अन्तिम दिन आज सहिद उद्यान, लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिएको हो।
सहिद दिवसको अवसरमा बिहान शान्तिवाटिकाबाट प्रभातफेरी निकालिएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड र मार्चपाससहितको प्रभातफेरी सहिद उद्यान पुगेर श्रद्धाञ्जली सभामा परिणत भएको छ ।
सभामा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, मन्त्रीहरू, सरकारी अधिकारी, जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको हो।
त्यस्तै काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले समेत सहिदको त्याग र बलिदान कहिल्यै बिर्सन नहुने बताएकी छिन्।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया