सहिद परिवार र वृद्धवृद्धालाई राहत वितरणमा ,(माओवादी) नेता शाही
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का केन्द्रीय सदस्य धनराज शाही (डिआर)ले तिलागुफा नगरपालिका–६, जुफिथा गाउँमा सहिद परिवार र वृद्धवृद्धालाई न्यानो कपडा र राहत सामाग्री वितरण गरेका छन् ।
मंगलबार आयोजित कार्यक्रममा शाहीले गाउँका १२ जना सहिद परिवार र १४ जना वृद्धवृद्धालाई जाडोमा उपयोगी हुने जकेट, टोपी मख्लर र पन्जा सहित ७० हजार रुपैयाँ बराबरको कपडा वितरण गरे ।
त्यसैगरी, गाउँको सार्वजनिक स्थलमा फोहर व्यवस्थापनका लागि ३० हजार बराबरको डस्मिन समेत उपलब्ध गराइएको हो।
शाहीले राहत वितरणको उद्देश्य जाडो मौसममा सहिद परिवार र असहायलाई थोरै भए पनि सहयोग पु¥याउनु रहेको बताए।यस अवसरमा गाउँका वडाध्यक्ष, स्थानीय प्रतिनिधि र वासिन्दाहरूको पनि उपस्थित रहेको छ ।
उनले नेकपा (माओवादी) र आफ्नो कार्यशैली सधैं दुखी र असहायको साथमा रहेको भन्दै, आगामी दिनमा यस्ता सामाजिक सहयोग निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राहत सामाग्री काठमाडौंका व्यवसायी र सहयोगी मनहरूबाट प्राप्त भएको जानकारी पनि दिए।सहिद परिवार र वृद्धवृद्धाले जाडोमा सहयोग गर्ने शाहीको पहलप्रति आभार व्यक्त गर्दै धन्यवाद व्यक्त गरेछन् ।
गाउँवासीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवारको रूपमा सिफारिस भएकोमा शुभकामना व्यक्त गर्दै विजयीको कामना पनि गरेका हुन् ।
उक्त कार्यक्रमको सहजीकरण नेकपा (माओवादी) का केन्द्रीय सदस्य रमेश सीले गरेका छन् ।
शाहीको पहलले जाडो मौसममा असहाय र पीडितको जीवनमा राहत पुगेको छ।स्थानीयवासीले यस कदमको स्वागत गर्दै, आगामी दिनमा पनि यस्ता सामाजिक सहयोग जारी रहने अपेक्षा व्यक्त गरेका छन्।
ताजा अपडेट
- Les limites de mise sur Stake Casino que vous devez connaître
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- Comment contacter le service client de Mirax Casino
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया