Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठप्रदेशसुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनः २२० मत खस्यो, चार मतदाता अनुपस्थित

सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनः २२० मत खस्यो, चार मतदाता अनुपस्थित


काठमाडौं  । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशमा आइतबार २२० मत खसेको छ।

कुल २२४ मतदाता रहेकामा चार जना मतदान प्रक्रियामा सहभागी भएनन्। प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार मतदान बिहान ९ बजेदेखि सुरु भएर दिउँसो ३ बजे सम्पन्न भएको हो।

निर्वाचनमा ४९ जना प्रदेशसभा सदस्य तथा १७१ जना स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी जम्मा २२० जनाले मतदान गरेका छन्।

मतदानमा सहभागी नहुनेमा प्रदेशसभा सदस्यतर्फ नेपाली कांग्रेसका प्रकाश देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का खेमा बिष्ट, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल तथा जोशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा कडरिया रहेका छन्।

सुदूरपश्चिम प्रदेशमा महिला र अन्य क्लस्टर अन्तर्गत समान एक–एक गरी दुई पदका लागि निर्वाचन भएको हो। यसका लागि चार जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

नेपाली कांग्रेसबाट खम्मबहादुर खाती, नेकपा एमालेबाट लीलाकुमारी भण्डारी तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट टीकाराम जैसी र रोजी बस्नेत सुनार उम्मेदवार रहेका छन्।

यस निर्वाचनमा कांग्रेस र एमालेबीच गठबन्धन रहेको छ भने अन्य दलहरू पनि आफ्ना उम्मेदवारमार्फत प्रतिस्पर्धामा उत्रिएका छन्।

मतगणना प्रक्रिया सुरु भएसँगै निर्वाचनको नतिजाप्रति सबै दल र उम्मेदवारहरूको चासो बढेको छ।

निर्वाचनको अन्तिम नतिजाले सुदूरपश्चिम प्रदेशको राष्ट्रियसभा प्रतिनिधित्व कस्तो रहने भन्ने स्पष्ट पार्नेछ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino