सुनचाँदीको मूल्यमा तीव्र वृद्धि, सुन तोलाको ३ लाख १८ हजार नाघ्यो
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य निरन्तर बढ्दै नयाँ रेकर्ड बनाइरहेको छ।
आज सुनको मूल्य एकैदिन उल्लेख्य रुपमा बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ९ हजार ५ सय रुपैयाँले महँगिएको छ।
यससँगै छापावाल सुनको मूल्य तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि आज ४ सय ३० रुपैयाँले बढ्दै तोलाको ७ हजार ३ सय रुपैयाँ पुगेको छ। यसअघि मंगलबार सुन तोलाको ३ लाख ९ हजार ३ सय रुपैयाँ र चाँदी ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको हो।
अन्तरराष्ट्रिय बजारमा समेत बहुमूल्य धातुको मूल्य उकालो लागेको देखिन्छ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस करिब ५ हजार २ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस १ सय ११ डलर हाराहारीमा रहेको छ।
अन्तरराष्ट्रिय बजारको प्रभाव र लगानीकर्ताको बढ्दो आकर्षणका कारण आगामी दिनमा पनि सुनचाँदीको मूल्य अस्थिर रहन सक्ने अनुमान गरिएको छ।
ताजा अपडेट
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
- भारत टी–२० विश्वकप २०२६ को च्याम्पियन, न्युजिल्यान्डमाथि ९६ रनको शानदार जित
- देशका विभिन्न स्थानमा सवारी दुर्घटना: दुई दिनमा १० जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया