सुन–चाँदीमा ठूलो गिरावट, तोलाको मूल्यमा एकैदिन हजारौँले कमी
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
आइतबार सुनको मूल्य तोलामा १८ हजार ८०० रुपैयाँले घटेपछि एक तोला सुनको भाउ ३ लाख रुपैयाँमा पुगेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन शुक्रबार सुन तोलाको ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको हो। मूल्य घटेसँगै आज सुन पुनः ३ लाखको आसपासमा आइपुगेको छ ।
यसअघि माघ १५ गते सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड कायम भएको हो।
यता चाँदीको मूल्यमा पनि तीव्र गिरावट देखिएको छ। यसदिन चाँदी तोलामा १ हजार ६५ रुपैयाँले घटेर ५ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
शुक्रबार चाँदी तोलाको ७ हजार ६५ रुपैयाँमा किनबेच भइरहेको तर अन्तर्राष्ट्रिय बजारको उतारचढाव र मागमा आएको परिवर्तनका कारण सुनचाँदीको मूल्यमा यस्तो गिरावट आएको विश्लेषण गरिएको छ।
आगामी दिनमा मूल्य कस्तो रहने भन्ने विषयमा लगानीकर्ता र उपभोक्ताको चासो बढेको छ।
ताजा अपडेट
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
- भारत टी–२० विश्वकप २०२६ को च्याम्पियन, न्युजिल्यान्डमाथि ९६ रनको शानदार जित
- देशका विभिन्न स्थानमा सवारी दुर्घटना: दुई दिनमा १० जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया