सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
काठमाडौं । सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणलाई लिएर देशभर आक्रोश बढ्न थालेको छ। घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै बुधबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
आज महिलामाथि बढ्दो हिंसा, बलात्कार तथा हत्या घटनाको विरोधमा युवाहरु, मानवअधिकारकर्मी र दलित अधिकारका अभियन्ताहरू सडकमा उत्रिएका हुन्। प्रदर्शनमा सहभागीहरूले पीडित परिवारलाई न्याय दिलाउन राज्यले प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्।
प्रदर्शनका क्रममा ‘महिला हिंसा अन्त्य गर’, ‘इनिशा विकलाई न्याय दे’, ‘समाजमा हिंसा बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिएको हो । सहभागीहरूले समाजमा दलित समुदाय र महिलामाथि भइरहेका हिंसात्मक घटनाप्रति गम्भीर ध्यान दिन सरकारसँग आग्रह गरेका हुन् ।
अधिकारकर्मीहरूले मृतक इनिशाको आत्माको शान्तिको कामना गर्दै दीप प्रज्वलनसमेत गरेका छन् ।। उनीहरूले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कानुनी कारबाही गर्नुपर्ने माग दोहोर्याएका छन्।
सुर्खेतको गुर्भाकोट नगरपालिका–६ स्थायी घर भएकी इनिशा फागुन २३ गते ट्युसन पढ्न घरबाट निस्किएकी थिइन्। पछि वीरेन्द्रनगर–१ नजिकैको सामुदायिक वन क्षेत्रमा उनी अचेत अवस्थामा फेला परेकी हुन् । अस्पताल पुर्याइएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न दबाब बढ्दै गएको देखिन्छ ।
ताजा अपडेट
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
- भारत टी–२० विश्वकप २०२६ को च्याम्पियन, न्युजिल्यान्डमाथि ९६ रनको शानदार जित
- देशका विभिन्न स्थानमा सवारी दुर्घटना: दुई दिनमा १० जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया