सुर्खेतबाट गगन थापाको हुंकार : पाँच वर्षभित्र फोहोर राजनीति सफा गर्छौँ
काठमाडौं । थापाले आगामी निर्वाचनलाई “बाध्यताको चुनाव”को संज्ञा दिएका छन्।
सुर्खेतमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै बिहिवार नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको मतदान प्रक्रिया देशको संविधानलाई सही दिशामा अघि बढाउन अपरिहार्य रहेको बताएका हुन्।
उनका अनुसार चुनाव सफल बनाउन पार्टीले आवश्यक भूमिका निर्वाह गरिसकेको छ। फागुन २१ गते हुने मतदानको सन्दर्भमा भदौ २३ र २४ का घटनालाई बेवास्ता गर्न नहुने धारणा राखे। ती घटनाको गम्भीर मूल्याङ्कन बिना देशले सही बाटो समाउन नसक्ने उनको भनाइ छ ।
थापाले भविष्यमा राज्यको गोलीबाट कुनै नागरिकको ज्यान नजाने र हिंसात्मक तथा अराजक गतिविधि दोहोरिन नदिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। केही शक्तिहरूले विगतका घटनालाई अस्वीकार गर्ने प्रवृत्ति देखाएको आरोप लगाउँदै उनले ती दिनअघि सबै अवस्था सामान्य भन्ने तर्क भ्रमपूर्ण भएको दाबी गरे।
उनले वर्तमान राजनीतिक अवस्थालाई “फोहोर र प्रदूषित” भन्दै गठबन्धन संस्कृतिले समग्र प्रणाली नै प्रभावित पारेको टिप्पणी गरे। नेपाली कांग्रेस फरक सोच र स्पष्ट सङ्कल्पका साथ अघि बढेको उल्लेख गर्दै उनले आगामी पाँच वर्षभित्र राजनीति शुद्धीकरण गर्ने प्रतिवद्धता व्यक्त समेत गरेका हुन् ।
थापाले २०८२ देखि २०८७ सम्मको अवधिलाई देशका लागि “स्वर्णिमकाल” बनाउने लक्ष्यसहित कांग्रेस चुनावी मैदानमा उत्रिएको बताएका छन् ।
यसैबीच, थापाले मतदातालाई परिवर्तनको अभियानमा साथ दिन आह्वान गर्दै आगामी निर्वाचनलाई देशको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा चित्रित गरेका छन्।
ताजा अपडेट
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया