काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनपछि पार्टीको एकलौटी सरकार बन्ने दाबी गरेका छन्।
सोमबार ललितपुरमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै उनले रास्वपाले १५१ सिट जित्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको बताए। “यसपटक हामी स्पष्ट बहुमतसहित सरकार गठन गर्छौं,” उनले भने।
खरेलका अनुसार यो निर्वाचनले केवल सरकार र संसद गठन मात्र होइन, देशको भविष्य र दिशानिर्देश तय गर्ने ऐतिहासिक अवसर प्रदान गर्नेछ। उनले ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाको जित सुनिश्चित रहेको दाबीसमेत गरेका हुन् ।
सम्पदा संरक्षण आफ्नो पहिलो प्राथमिकता हुने उल्लेख गर्दै उनले ललितपुरको सांस्कृतिक र ऐतिहासिक धरोहर जोगाउन प्रतिबद्धता व्यक्तगरेका छन् । कार्यक्रममा ललितपुर महानगरपालिकाका रास्वपा सभापति ललित महर्जनले पनि पार्टीले अत्यधिक बहुमत ल्याउने विश्वास व्यक्त गरेका हुन् ।
निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूको दाबी र प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। फागुन २१ को मत परिणामले मुलुकको आगामी राजनीतिक यात्रा कता मोडिन्छ भन्ने स्पष्ट पार्नेछ ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया