हरिबोल गजुरेलमाथि कारबाही फिर्ता नलिए पार्टी टुक्रिन सक्छ : झलनाथ खनाल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चर्किँदै गएको छ
नेता हरिबोल गजुरेललाई पार्टीबाट निष्कासन गर्ने निर्णयपछि वरिष्ठ नेता झलनाथ खनालले पार्टी नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै पार्टी विभाजनको चेतावनी दिएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकल र अधिनायकवादी ढंगले निर्णय लिएको आरोप लगाएका हुन् ।
उनले गजुरेलजस्ता अनुभवी र वरिष्ठ नेतालाई स्पष्टीकरणको अवसरसमेत नदिई निष्कासन गर्नु आश्चर्यजनक र अत्यन्तै कठोर कदम भएको बताएका हुन् ।
खनालका अनुसार पार्टी एकीकरणको घोषणा भएको लामो समय बितिसक्दा पनि विधिवत् नेतृत्वदायी समिति गठन हुन सकेको छैन। संस्थागत निर्णय प्रणाली विकास नहुँदा केही व्यक्तिको इच्छाअनुसार महत्वपूर्ण निर्णय हुन थालेको उनको भनाइ रहेको छ ।
पार्टीका अन्य घटक र नेताहरूलाई जानकारी नै नदिई सञ्चारमाध्यममार्फत कारबाही सार्वजनिक गर्नु पार्टीको विधि, पद्धति र संस्कार विपरीत भएको उनले उल्लेख गरेका छन्।
उनले गजुरेलमाथिको कारबाही तत्काल फिर्ता लिन र नेतृत्व तहका सबै नेताहरूको आकस्मिक बैठक बोलाउन संयोजक प्रचण्डसँग माग गरेका छन्। साथै, कारबाहीको कारणबारे पार्टीभित्र गम्भीर समीक्षा र खुला छलफल आवश्यक रहेकोमा खनालले जोड दिएका छन्।
पार्टीभित्र सामूहिक नेतृत्व र सामूहिक निर्णयको अभ्यास स्थापित गर्न नसके गम्भीर राजनीतिक दुर्घटना हुन सक्ने चेतावनी दिँदै खनालले भनेका छन्, “यदि यही शैली निरन्तर रह्यो भने पार्टी एकतामै प्रश्न उठ्न सक्छ।”
नेकपाभित्र बढ्दो असन्तुष्टि र सार्वजनिक रूपमा व्यक्त भएका चेतावनीहरूले पार्टीको भविष्य झनै अनिश्चित बन्दै गएको देखिन्छ।
अब नेतृत्वले विवाद समाधानतर्फ अग्रसर हुन्छ कि आन्तरिक द्वन्द्वले पार्टीलाई विभाजनतर्फ धकेल्छ भन्ने चासो राजनीतिक वृत्तमा बढ्दै गएको छ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया