१८ वर्षपछि पनि माओवादी क्रान्ति जीवित छ : कालिकोटमा प्रकाण्डको आक्रामक सन्देश
काठमाडौं । नेकपा (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले कालिकोट जिल्लामा सञ्चालन गरिएको घरदैलो कार्यक्रमका क्रममा १८ वर्षपछि पनि माओवादी विचार, कार्यक्रम र क्रान्ति जीवित रहेको दाबी गरेका छन् ।
घरदैलोका क्रममा स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै प्रवक्ता प्रकाण्डले जनयुद्ध, शान्ति प्रक्रिया, संविधानसभा र पछिल्ला राजनीतिक उतारचढावबारे स्पष्ट धारणा राखेका हुन् । उनले भने, जनताको प्रतिनिधित्व नगर्ने, व्यक्ति गत स्वार्थ ,भ्रष्टाचार, कमिसन र दलालीमा फसेका उम्मेदवारहरूलाई अस्वीकार गर्न आग्रह समेत गरेका छन् ।
“हामी काठमाडौं गयपछि यस् ठाउँमा त्यस्ता नेताहरूको आगमन भयो जुन – देश र जनताको कुरा बिर्सेर व्यक्तिगत स्वार्थ, कमिसन र भ्रष्टाचारको खेलमा लाग्ने प्रवृत्तिका भए ती अन्त्य गर्नु पर्छ ।”
प्रवक्ता प्रकाण्डले जनयुद्ध इतिहास मात्र नभई स्पष्ट लक्ष्यसहित सुरु भएको आन्दोलन भएको उल्लेख गर्दै त्यसको उद्देश्यअनुसार देशलाई अगाडि नबढाउने हो भने संघर्षको अर्थ नै समाप्त हुने बताए ।
उनले संविधानसभा निर्वाचनको समयमा जनताले संविधान निर्माण, राज्य परिवर्तन र जनमुखी राजनीति स्थापनाको जिम्मेवारी दिएर आफूहरूलाई पठाएको स्मरण गरे । “काठमाडौंको लडाइँ जनयुद्धको समयभन्दा पनि कठिन रहेछ,” उनले भने , “व्यवस्थाभित्रको संघर्ष झनै जटिल भयो, तर संविधानसभाको लडाइँ जनहितका लागि अपरिहार्य थियो।”
उक्त कार्यक्रमका क्रममा प्रकाण्डले कालिकोट कर्णाली प्रदेशकै महत्वपूर्ण जिल्ला भएको उल्लेख गर्दै यहाँको निर्णयले राष्ट्रिय राजनीतिमा असर पार्ने दाबी गरे । “कालिकोट हार्यो भने देश हार्छ” “यो व्यक्तिगत हार–जित होइन, साझा संघर्षको मुद्दा हो।”
उनले जनताको विचार, भावना, वर्ग, समुदाय र क्षेत्रको प्रतिनिधित्व गर्ने उम्मेदवार आवश्यक रहेको बताउँदै केही पार्टीहरू समयमै योग्य उम्मेदवार अघि सार्न असफल भएको आरोप लगाएका छन् ।
दलाल, कमिसनखोर र राज्य शक्ति दुरुपयोग गर्ने उम्मेदवारले जनताको प्रतिनिधित्व गर्न नसक्ने कुरा जोड दिए । अभियानअन्तर्गत माओवादीले जनताको समस्या, अपेक्षा र सुझाव संकलन गर्दै आगामी दिनमा अझ सशक्त ढंगले जनताबीच जाने जानकारी दिएका छ ।





ताजा अपडेट
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया