४० दिनमै सकियो प्रतिनिधिसभा निर्वाचनका सबै मतपत्र छपाइ
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ कार्य सम्पन्न भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निर्वाचन आयोगबाट प्राप्त जिम्मेवारी निर्धारित समयभन्दा अगावै पूरा गरेको हो।
केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र सोमबार साँझसम्म छपाइ सम्पन्न गरिएको हो। ४२ दिनको कार्यतालिका लिएर सुरु गरिएको छपाइ कार्य ४० दिनमै टुंग्याउन सफल भएको उनले जानकारी दिए।
केन्द्रले दैनिक १३ देखि १५ लाखसम्म मतपत्र छपाइ गर्दै आएको हो। समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र सम्बन्धित जिल्लामा पठाउने काम जारी रहेको छ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा आवश्यक सबै मतपत्र पुगिसकेको बताइएको छ भने बाँकी प्रदेशमा पनि आगामी १० दिनभित्र मतपत्र ढुवानी सम्पन्न गर्ने तयारी गरिएको केन्द्रले जनाएको छ। आजदेखि मतपत्र प्याकेजिङ कार्य सकिएसँगै प्रदेश–प्रदेशमा ढुवानी सुरु गरिएको हो।
निर्वाचनको मिति नजिकिँदै जाँदा मतपत्र छपाइ र वितरण कार्य समयमै सम्पन्न हुनु निर्वाचन तयारीको महत्वपूर्ण उपलब्धि मानिएको छ । सम्बन्धित निकायले निर्धारित समयभित्रै सबै जिल्लामा मतपत्र पुर्याउने लक्ष्यसहित काम अघि बढाइरहेको जानकारी दिएको छ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया