Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठअन्तर्राष्ट्रिय७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%

७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%


काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपालमा भित्रिने विप्रेषण (रेमिट्यान्स) उल्लेखनीय रूपमा बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ मसान्तसम्म रेमिट्यान्स आप्रवाह ३९ दशमलव ८ प्रतिशतले बढेर १२ खर्ब ६१ अर्ब एक करोड रुपैयाँ पुगेको छ। गत वर्षको यही अवधिमा भने रेमिट्यान्स आप्रवाह ७ प्रतिशत मात्र बढेको थियो।

प्रतिवेदनअनुसार माघ महिनामा मात्रै एक खर्ब ९८ अर्ब आठ करोड रुपैयाँ बराबर रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा भने एक खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ मात्र रेमिट्यान्स आएको हो।

डलरमा पनि रेमिट्यान्स बढेको देखिएको छ। माघ मसान्तसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशतले वृद्धि भई आठ अर्ब ८६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) समेत बढेर १३ खर्ब ८४ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय नौ खर्ब ८६ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो।

त्यस्तै, वैदेशिक रोजगारीका लागि जाने नेपालीको सङ्ख्या पनि उल्लेख्य छ। सात महिनाको अवधिमा दुई लाख ४५ हजार १५३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने दुई लाख २७ हजार ४२४ जनाले पुनः श्रम स्वीकृति लिएको राष्ट्र बैंकले जानकारी गराएको छ।

नेपालको अर्थतन्त्रमा विप्रेषण मुख्य आयस्रोतका रूपमा रहँदै आएको छ। पछिल्लो तथ्याङ्कले विदेशमा कार्यरत नेपालीबाट आउने रकममा उल्लेख्य वृद्धि भएको देखाउँदै अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको संकेत गरेको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino