Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनिति७ हजारभन्दा बढी मतान्तरले कैलाली–२ मा रास्वपाका केपी खनाल विजयी

७ हजारभन्दा बढी मतान्तरले कैलाली–२ मा रास्वपाका केपी खनाल विजयी


काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल विजयी भएका छन्।

अन्तिम मतपरिणामअनुसार २६ वर्षीय खनालले १९ हजार ५७ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।उनका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरी ले ११ हजार ९४९ मत प्राप्त गरे। दुवैबीच ७ हजार १०८ मतको फराकिलो अन्तर रहेको छ।

यसैगरी, नेकपा एमालेका सूर्यबहादुर थापा ले ७ हजार ८८६ मत प्राप्त गरे भने नेपाली कांग्रेसका विजयबहादुर स्वाँर ले ७ हजार २१३ मत ल्याएका छन्।

त्यस्तै कैलालीका पाँचमध्ये अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले सफलता हात पारेको छ। यसअघि कैलाली–१ बाट कोमल ज्ञवाली, ३ बाट जगतप्रसाद जोशी, ४ बाट खेमराज कोइराला र ५ बाट आनन्दबहादुर चन्द विजयी भइसकेका छन्।

कैलाली को नतिजासँगै सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा पनि रास्वपाको प्रभाव मजबुत देखिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino