Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनिति८ करोडको गाडिमा बालेन सरर : ज्याकेट पनि निकै महंगो

८ करोडको गाडिमा बालेन सरर : ज्याकेट पनि निकै महंगो


काठमाडौं ।  झापा क्षेत्र नम्बर-५ बाट चुनावी प्रतिस्पर्धामा रहेका काठमाडौ महानगर पालिकाका पुर्व मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह ८ करोड पर्ने महँगो गाडी चढेर पाथीभरा पुगेका छन् । पुर्वी नेपालको चुनाव प्रचार भन्दै उनि हिजो ताप्लेजुङ पुगेका हुन् ।

जनकपुरबाट बागमती प्रदेश ०१ ०३३ च ४३४३ नम्बरको ल्याण्डरोभर डिफेन्डर टप भेरियन्ट गाडीमा उनको यात्रा पुर्वी नेपालमा जारी छ। न्युनतम २ करोडबाट शुरु हुने ल्याण्डरोभरका गाडीहरु पछिल्लो भेरियन्टको मूल्य आठ करोडसम्म बजार मुल्य पर्दछ। उक्त गाडी एक जना उद्योग पतिका छोराको रहेको दाबी गरिएको छ। तर उक्त गाडि बालेन कै भएको तर नाममा मात्रै अर्काको भएको श्रोत बताउँछ।

महँगो गाडीमा सवार बालेनले लगाएको ज्याकेटको समेत सामाजिक सञ्जालमा आलोचना भएको छ। उनले लगाएको एडिडास कम्पनीको टेरेक्स ज्याकेटको नेपाली मूल्य मूल्य निकै महंगो रहेको जानकार हरू बताउँछन।

 



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino