Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठसमाचारबाजुरामा बाटोमा लडेर ४१ वर्षीय पुरुषको मृत्यु

बाजुरामा बाटोमा लडेर ४१ वर्षीय पुरुषको मृत्यु


काठमाडौं । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा त्रिवेणी नगरपालिका–९ ताम्सु निवासी ४१ वर्षीय भीमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार राति करिब ८ बजे गाउँ नजिकैको पसलबाट घर फर्किने क्रममा थापा बाटोमा लडेर गम्भीर घाइते भएका हुन् । उनलाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको हो। तर उपचार सुरु हुन नपाउँदै उनको मृत्यु भएको हो ।

मृतकको शरीर र टाउकोमा भित्री चोट देखिएकाले समयमै उपचार नपाउँदा ज्यान गएको प्रारम्भिक अनुमान गरिएको छ।घटनाबारे आवश्यक प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पतालमै राखिएको प्रहरीले जानकारी दिएको छ।

घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino