Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Friday, March 13, 2026
गृहपृष्ठराजनितिगोरखा–२ मा रास्वपाको सन्देश : बाबुराम भट्टराईलाई उम्मेदवारी फिर्ता लिन आग्रह

गोरखा–२ मा रास्वपाको सन्देश : बाबुराम भट्टराईलाई उम्मेदवारी फिर्ता लिन आग्रह


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई गोरखा निर्वाचन क्षेत्र नम्बर–२ मा दिएको उम्मेदवारी फिर्ता लिन औपचारिक आग्रह गरेको छ।

रास्वपाका उपसभापति स्वणिम वाग्लेले सार्वजनिक अपिल गर्दै डा. भट्टराईले उम्मेदवारी फिर्ता लिएर रास्वपाका उम्मेदवार कवीन्द्र बुर्लाकोटीलाई सघाउन अनुरोध गरेका हुन्।
वाग्लेले जारी गरेको वक्तव्यमा भनेका छन्,

‘आसन्न निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार रहनुभएका डा. बाबुराम भट्टराईज्यूलाई उम्मेदवारी फिर्ता लिई आगामी दिनमा राजकाजका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उदारतापूर्वक सघाइ अनुकरणीय देशभक्तिपूर्ण उदाहरण प्रस्तुत गर्नहुन विनम्र अनुरोध गर्दछौँ।’

उनले पूर्वप्रधानमन्त्रीको हैसियतमा भट्टराईले रास्वपालाई मार्गनिर्देशन गर्ने वरिष्ठ अभिभावकीय भूमिका निभाउने विश्वाससमेत व्यक्त गरेका छन्।

वाग्लेको भनाइमा, यसले नयाँ राजनीतिक संस्कृतिको अभ्यास र सहकार्यको सन्देश दिनेछ।

गोरखा–२ मा उम्मेदवारी फिर्ताको आग्रहसँगै रास्वपाले सहकार्य र राजनीतिक संस्कारको बहसलाई थप तीव्र बनाएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino