Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठसमाचाररौतहटमा दुई मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

रौतहटमा दुई मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु


काठमाडौं । रौतहटको राजदेवी नगरपालिका–१ पथराटोलमा शुक्रबार दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालका अनुसार, गौर-पिपरा भित्री सडकखण्डमा गङ्गापिपराबाट गौरतर्फ आउँदै गरेको प्र २–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बीआर ३० एएफ २३७० भारतीय नम्बरको मोटरसाइकल ठोक्किँदा घटना भएको हो।

मृत्यु हुनेमा प्र २–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल चालक, दुर्गाभगवती गाउँपालिका–२ पिपरा बजारका ३० वर्षीय अशोक महतो र बीआर ३० एएफ २३७० नम्बरको मोटरसाइकल चालक, राजदेवी नगरपालिका–२ हजमिनियाका २९ वर्षीय अरबिन्द महतो रहेका छन्।

प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको जानकारी गराएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino