Techie IT
  • सोमबार, फागुन १८, २०८२ / Monday, March 2, 2026
गृहपृष्ठखेलकुदप्रधानमन्त्री कप क्रिकेट सुदूरपश्चिम छनोट माघ १२ गतेदेखि सुरु

प्रधानमन्त्री कप क्रिकेट सुदूरपश्चिम छनोट माघ १२ गतेदेखि सुरु


काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट माघ १२ गतेदेखि फाप्ला क्रिकेट मैदानमा सुरु हुँदैछ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा हुने यस प्रतियोगितामा प्रदेशका आठ जिल्लाका टोलीले सहभागिता जनाउनेछन्।

सङ्घका सचिव लक्ष्मणदत्त भट्टका अनुसार सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा कैलाली, कञ्चनपुर, डोटी र अछाम रहेका छन् भने समूह ‘बी’ मा बैतडी, डडेल्धुरा, दार्चुला र बझाङ छन्।

उद्घाटन खेल माघ १२ गते कैलाली र अछामबीच हुनेछ। प्रतियोगिताको अन्य खेल तालिका यस प्रकार छ:
माघ १३ – कञ्चनपुर vs अछाम
माघ १४ – कैलाली vs डोटी
माघ १५ – अछाम vs डोटी
माघ १६ – कैलाली vs कञ्चनपुर
माघ १७ – कञ्चनपुर vs डोटी
समूह ‘बी’ का खेलहरू:
माघ १८ – बैतडी vs दार्चुला
माघ १९ – बझाङ vs दार्चुला
माघ २० – डडेल्धुरा vs बझाङ
माघ २१ – डडेल्धुरा vs दार्चुला
माघ २२ – बैतडी vs बझाङ
माघ २३ – डडेल्धुरा vs बैतडी
दुवै समूहको शीर्ष स्थान हासिल गर्ने एक-एक टोली माघ २४ मा फाइनल खेल्नेछन्।

प्रदेश छनोटपछि सुदूरपश्चिमको टोली राष्ट्रिय क्रिकेटका लागि तयार गरिने सङ्घले जानकारी दिएको छ।

प्रतियोगिताले प्रदेशमा क्रिकेटको पहुँच विस्तार गर्ने र युवा खेलाडीहरूलाई राष्ट्रिय स्तरमा देखाउने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास गरिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको