Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Friday, March 13, 2026
गृहपृष्ठराजनितिओलीको आह्वान : फेसबुकमार्फत भने– ‘पब्लिक डिबेटका लागि एमाले तयार छ’

ओलीको आह्वान : फेसबुकमार्फत भने– ‘पब्लिक डिबेटका लागि एमाले तयार छ’


काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक बहस (पब्लिक डिबेट) का लागि आफू र पार्टी तयार रहेको बताएका छन्।

आगामी निर्वाचनमा नयाँ तथा पुराना सबै राजनीतिक दल प्रतिस्पर्धामा उत्रिएको उल्लेख गर्दै उनले यसलाई देश बनाउने र देश बिगार्ने धारबीचको प्रतिस्पर्धा भनेका हुन् ।

फेसबुकमा स्टाटस सार्वजनिक गर्दै ओलीले आफ्नो पार्टी देश निर्माणको पक्षमा उभिएको दाबी गरेका छन्। पछिल्लो समय सार्वजनिक बौद्धिक वृत्तबाट प्रमुख दलका शीर्ष नेताबीच पारदर्शी बहसको माग उठिरहेको सन्दर्भ उल्लेख गर्दै उनले यस्तो माग सकारात्मक रहेको बताएका छन्।

उनले सामाजिक सञ्जालमा फ्रेमिङ गरेर तयार पारिएका प्रचार सामग्रीमार्फत मतदातालाई भ्रमित पार्ने प्रवृत्ति बढेको टिप्पणी गरेका छन्। यही कारण पब्लिक डिबेटको माग बढ्दै गएको हुनसक्ने उनको भनाइ छ।

ओलीले यसपटकको निर्वाचनमा ऐतिहासिक भूमिका खेलेका दलदेखि हालै खुलेका नयाँ दलहरूसमेत प्रधानमन्त्रीका उम्मेदवारसहित मैदानमा आएको उल्लेख गरेका छन्।

देशको नेतृत्व गर्न खोज्ने दलहरूले विगतमा के काम गरे, अब के गर्ने योजना छ र देश निर्माणको खाका के हो भन्ने विषयमा आमने–सामने बहस आवश्यक रहेको उनको धारणा छ।

यस अघि  पनि ओलीले  फेसबुक स्टाटसमा  एमालेले गरेका काम र आगामी एजेण्डा सार्वजनिक बहसमार्फत प्रस्तुत गर्न आफू तयार रहेको बताएका हुन् ।

उनले चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार बनेका सबै नेताहरू सहभागी हुने गरी पब्लिक डिबेट आयोजना गर्न आग्रह समेत गरेका छन्।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino