Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Friday, March 13, 2026
गृहपृष्ठराजनितिसुदूरपश्चिममा चुनावी अभियान विस्तार गर्दै: बालेन

सुदूरपश्चिममा चुनावी अभियान विस्तार गर्दै: बालेन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सुदूरपश्चिम प्रदेशतर्फ जाने भएका छन्।

झापाबाट काठमाडौं फर्किएलगत्तै सोमबार  सुदूरपश्चिमका विभिन्न जिल्लामा पुगेर चुनावी प्रचार–प्रसारमा सक्रिय हुने कार्यक्रम तय भएको हो।

निर्वाचन मनोनयनका क्रममा झापा पुगेका बालेन केही दिन त्यहाँ बसेर आइतबार मात्रै राजधानी फर्किएका हुन् । स्रोतका अनुसार, उनी अब सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर चुनावी अभियानमा सहभागी हुन लागेका छन्।

सुदूरपश्चिममा बालेनसँग नजिक मानिने दुई व्यक्तिले उम्मेदवारी दिएका छन्। उनका प्रमुख स्वकीय सचिव भूपदेव शाह अछाम–२ बाट र कोर टिमका सदस्य केपी खनाल कैलाली–२ बाट उम्मेदवार बनेका छन्। यी दुवै निर्वाचन क्षेत्रलाई लक्षित गर्दै बालेनको सुदूरपश्चिम यात्रा तय गरिएको बताइएको छ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा केही दिन चुनावी कार्यक्रम सम्पन्न गरेपछि बालेन पुनः काठमाडौं फर्किने कार्यक्रम रहेको छ।
त्यसपछि उनले काठमाडौं र ललितपुरका केही निर्वाचन क्षेत्रमा समेत सक्रिय रूपमा चुनावी अभियानमा सहभागिता जनाउने तयारी गरेको स्रोतले जनाएको छ।

चुनावी माहोल तातिँदै जाँदा बालेनको निरन्तर क्षेत्रीय सक्रियताले रास्वपाको अभियानलाई थप ऊर्जा दिने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino