काठमाडौँ । आगामी आम निर्वाचन २०८२ निकट आइरहेका बेला मुलुकका विरुद्ध भित्री तथा बाहिरी प्रतिक्रियावादी शक्तिहरूले षड्यन्त्र गरिरहेको भन्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र गम्भीर चिन्ता व्यक्त गरिएको छ।
जनताको भावना र राष्ट्रिय आवश्यकताले देशभक्त, लोकतान्त्रिक, प्रगतिशील तथा सच्चा कम्युनिष्ट शक्तिहरूबीच नीतिनिष्ठ र दरो एकताको माग गरिरहेको उल्लेख गरिएको हो।
यही सन्दर्भमा पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै पार्टीभित्र देखिएका पछिल्ला गतिविधिप्रति गम्भीर आपत्ति जनाएका छन्।
उनले एकीकरण घोषणा भएको लामो समय बितिसक्दा पनि नेतृत्वदायी कमिटी गठन हुन नसक्नु, संस्थागत निर्णय प्रक्रिया विकसित नहुनु र केही सीमित व्यक्तिहरूको इच्छाअनुसार ठूला निर्णय हुन थालेकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।
फेसबुक स्टाटसमा खनालले विशेषगरी वरिष्ठ नेता कमरेड हरिबोल गजुरेललाई स्पष्टीकरण दिने अवसरसमेत नदिई पार्टीबाट निष्कासनजस्तो कठोर कारबाही गरिनु लोकतान्त्रिक र कम्युनिष्ट मूल्य–मान्यताविपरीत भएको उल्लेख गरेका छन्।
विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रूपमा जानकारी नै नदिइ एकाएक सार्वजनिक सञ्चार माध्यमबाट निर्णय सार्वजनिक हुनु आश्चर्यजनक र दुःखद भएको उनको भनाइ छ।
खनालले यदि नेपाली कम्युनिष्ट पार्टीलाई साँचो अर्थमा कम्युनिष्ट, लोकतान्त्रिक र जनमुखी पार्टी बनाउने हो भने यस्ता कारबाहीहरू अविलम्ब स्थगित गर्नुपर्ने बताएका छन्। साथै, कमरेड हरिबोल गजुरेलसहित नेतृत्वदायी तहका सबै कमरेडहरूको आकस्मिक बैठक बोलाएर किन यस्ता निर्णय लिनुपर्यो भन्ने विषयमा पार्टीभित्र गहिरो, गम्भीर र दोहोरो छलफल गर्नुपर्नेमा उनले जोड दिएका हुन् ।
उनले पार्टीमा अधिनायवादी शैली होइन, सामूहिक निर्णय प्रक्रिया र सामूहिक नेतृत्व प्रणाली स्थापित गर्न नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड प्रचण्डसमक्ष सामाजिक सञ्जालमार्फत नै जोडदार माग गरेका छन्।
अन्यथा, एकीकरण प्रक्रिया पूर्ण नहुँदै पार्टी बिखण्डन र बिस्रृंखलतातर्फ जाने खतरा बढ्ने र त्यसबाट नेकपालाई जोगाउन गाह्रो हुने चेतावनी खनालले दिएका छन्।
ताजा अपडेट
- Les limites de mise sur Stake Casino que vous devez connaître
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया