Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितितेस्रो लिङ्गी समुदायबाट पार्टी नेतृत्व : समावेशी समाजवादी पार्टीका अध्यक्ष नुमा लिम्बुको पहिचानमुखी राजनीतिक पहल

तेस्रो लिङ्गी समुदायबाट पार्टी नेतृत्व : समावेशी समाजवादी पार्टीका अध्यक्ष नुमा लिम्बुको पहिचानमुखी राजनीतिक पहल


काठमाडौँ । समावेशी समाजवादी पार्टीले समावेशी राजनीति र पहिचानको सम्मानलाई केन्द्रमा राख्दै आफ्नो गतिविधि तीव्र बनाएको छ।

पार्टीका अध्यक्ष नुमा लिम्बु, जो तेस्रो लिङ्गी समुदायबाट नेतृत्वमा पुगेका व्यक्ति हुन्, उनले  पहिचान, अधिकार र राज्यको जिम्मेवारीलाई केन्द्रमा राखेर राजनीतिक पहल अघि बढाइरहेका छन्। पार्टीका अनुसार आगामी निर्वाचनका लागि मोरङ निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ अध्यक्ष नुमा लिम्बुसहित ६ जनाको उम्मेदवारी तय गरिएको हो। समावेशी प्रतिनिधित्वलाई व्यवहारमा उतार्ने उद्देश्यसहित पार्टीले विभिन्न समुदाय, वर्ग र पृष्ठभूमिका उम्मेदवारहरूलाई अघि सारेको जनाएको छ।

पार्टीले सार्वजनिक गरेको घोषणापत्रमार्फत समावेशी लोकतन्त्र, सामाजिक न्याय, गहिरो विकेन्द्रीकरण तथा मानवकेन्द्रित विकासलाई आफ्नो मूल दर्शनका रूपमा अघि सारेको छ। अध्यक्ष लिम्बुको नेतृत्वमा पार्टीले राज्यको शक्ति केन्द्रबाट होइन, समुदाय र नागरिकबाट सञ्चालन हुने शासन प्रणालीको पक्षमा धारणा राख्दै आएको छ।

समावेशी समाजवादी पार्टीले तेस्रो लिङ्गी समुदाय राज्यबाट विशेष संरक्षण र सहारा पाउनुपर्ने वर्ग भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा पहुँच सुनिश्चित गर्न राज्यले मासिक भत्ता, उपचार सुविधा, सीपमूलक तालिम र सम्मानजनक रोजगारीको व्यवस्था गर्नुपर्ने माग पनि अघि सारेको हो ।

तेस्रो लिङ्गी समुदायबाट राष्ट्रिय राजनीतिक दलको अध्यक्षका रूपमा नुमा लिम्बुको उपस्थितिलाई नेपाली राजनीतिक इतिहासमा समावेशी प्रतिनिधित्वको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। मोरङ–२ बाट प्रत्यक्ष उम्मेदवारीसहित मैदानमा उत्रिनुले लैङ्गिक अल्पसंख्यक समुदायको राजनीतिक सहभागिता र अधिकारबारे नयाँ बहस सिर्जना गरेको छ।

समावेशी समाजवादी पार्टीले मोरङ–२ बाट प्रत्यक्षतर्फ ६ जनाको उम्मेदवारी दर्तासँगै समावेशी, अधिकारमुखी र नागरिककेन्द्रित राजनीतिको अभ्यासलाई निर्वाचनमार्फत स्थापित गर्ने संकेत दिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino