Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिनिर्वाचनआचारसंहिता उल्लंघन आरोपमा चार उम्मेदवारसँग आयोगको स्पष्टीकरण माग

निर्वाचनआचारसंहिता उल्लंघन आरोपमा चार उम्मेदवारसँग आयोगको स्पष्टीकरण माग


काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन भएको आशंकामा विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग स्पष्टीकरण माग गरेको छ।

आयोगले पाँचजना उम्मेदवार तथा दुई संघ–संस्थालाई लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो। आयोगका अनुसार झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र साह, सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार हर्क साम्पाङ, रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार कमल भुसाल ‘निकोलस’ र भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार महेश बस्नेत आचारसंहिता विपरीत गतिविधिमा संलग्न भएको उजुरीपछि आयोगको निगरानीमा परेका हुन्।

बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत अर्का उम्मेदवार केपी शर्मा ओलीले सार्वजनिक गरेको सामग्रीमा प्रतिक्रिया जनाएको विषय आयोगको छानबिनमा परेको छ। त्यस्तै, कमल भुसाल ‘निकोलस’ ले ‘जेनजी आन्दोलन’सँग जोडिएको जुत्तालाई निर्वाचन चिह्नको रूपमा प्रचार गरेको विषयलाई आयोगले आचारसंहिता विपरीत ठहर गरेको जनाएको छ।

हर्क साम्पाङको हकमा भने निर्वाचन प्रचार–प्रसारका क्रममा बालबालिकालाई प्रयोग गरेको तथा प्रचार सामग्री अंकित टिसर्ट लगाएको विषयमा स्पष्टीकरण माग गरिएको छ। यसैगरी, महेश बस्नेतमाथि अर्का उम्मेदवार बालेन्द्र साहप्रति अपमानजनक अभिव्यक्ति दिएको आरोप लागेपछि आयोगले जवाफ मागेको हो। सोही निर्वाचन क्षेत्रका उम्मेदवार जानुका पाठकसँग पनि उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको भन्ने उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको छ।

आयोगले तोकिएको समयसीमाभित्र स्पष्ट र तथ्यगत जवाफ पेश गर्न निर्देशन दिँदै, आचारसंहिता उल्लंघन पुष्टि भए कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिएको छ।

निर्वाचन आचारसंहिता कार्यान्वयनमा आयोग थप कडाइका साथ अघि बढ्ने संकेत देखिएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino