Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठअन्तर्राष्ट्रियईपीएस पास गरेर पनि कोरिया जान नपाएपछि युवाहरू माइतीघरमा आन्दोलित

ईपीएस पास गरेर पनि कोरिया जान नपाएपछि युवाहरू माइतीघरमा आन्दोलित


काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण गरे पनि लामो समयदेखि दक्षिण कोरिया जान नपाएको गुनासो गर्दै युवाहरू काठमाडौँको माइतीघरमा आन्दोलनमा उत्रिएका छन्।

कृषि तथा पानीजहाज क्षेत्रका लागि भाषा परीक्षा पास गरी रोस्टरमा नाम समावेश भए पनि एक वर्षभन्दा बढी समय बितिसक्दा पनि रोजगारदाताको छनोटमा नपरेको भन्दै उनीहरूले मंगलबार शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारी युवाहरूका अनुसार भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेपछि रोस्टरमा नाम दुई वर्षसम्म मात्र रहने व्यवस्था छ। सो अवधिभित्र रोजगारदाताबाट छनोट नभए नाम स्वतः हट्ने भएकाले रोस्टर अवधि थप गर्नुपर्ने उनीहरूको मुख्य माग छ।

भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेकी झापाकी अनिषा बस्नेतले रोस्टरको समय सकिन लागेकाले आफूहरू अन्योलमा परेको बताइन्। “पास भएर पनि अवसर नपाउँदा मानसिक र आर्थिक दुवै तनाव बढेको छ,” उनले भनिन्।

प्रदर्शनमा सहभागीहरूले ‘ईपीएसको नाममा लुट बन्द गर’, ‘कृषि तथा पानीजहाज रोस्टर अवधि बढाऊ’, ‘पास गरेकालाई छिटो कोरिया पठाऊ’ र ‘रोस्टरको म्याद दुई वर्ष थप गर’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका हुन्।
उनीहरूले माग पूरा नभए आन्दोलनलाई थप सशक्त बनाउँदै जाने चेतावनीसमेत दिएका छन्।

ईपीएस प्रक्रियामा देखिएको ढिलासुस्ती, अस्पष्ट कार्यतालिका र समयमै रोजगारी सुनिश्चित हुन नसक्दा युवाहरूको धैर्यताको सीमा नाघ्दै गएको कारण जसको परिणामस्वरूप उनीहरू आफ्ना मागहरू सडकबाटै उठाउन बाध्य भएका देखिन्छन् ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino