गाई खाने’ अभिव्यक्तिविरुद्ध कञ्चनपुरमा आक्रोश , खगेन्द्र सुनारको महाकाली नदीको भुजेला आर्यघाटमा पुत्ला दहन
काठमाडौं । गाईखान पाइन्छ भन्ने अभिव्यक्ति दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता खगेन्द्र सुनारविरुद्ध कञ्चनपुरमा विरोध गरेका छन् ।
भीमदत्त नगरपालिका–११ स्थित महाकाली नदी किनारमा रहेको भुजेला आर्यघाटमा स्थानीय युवाहरूले आक्रोश व्यक्त गर्दै खगेन्द्र सुनारको पुतला दहन गरी बगाएका हुन्। प्रदर्शनमा उत्रिएका युवाहरूले सुनारको अभिव्यक्तिलाई आपत्तिजनक र सामाजिक सद्भाव भड्काउने खालको भन्दै कडा विरोध जनाएका छन्।
स्थानीयका अनुसार उक्त अभिव्यक्तिले धार्मिक तथा सांस्कृतिक भावना आहत भएको भन्दै तत्काल सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरिएको छ। घटनास्थलमा केहीबेर नाराबाजीसमेत गरिएयो भने , तनाव पूर्ण अवस्थालाई नियन्त्रणमा राख्न सुरक्षाकर्मीहरू पनि तैनाथ गरिएको हो।
अब प्रश्न उठेको छ— एक जिम्मेवार राजनीतिक दलका नेताबाट आएको अभिव्यक्तिले कस्तो सन्देश दिन्छ ? र यसबारे पार्टीको आधिकारिक धारणा के आउँछ ? यस विषयमा थप विवरण संकलन भइरहेको छ।
ताजा अपडेट
- निर्वाचन अघि भ्रामक सामग्री फैलाउनेविरुद्ध सरकारको कडा चेतावनी
- इरानमाथि अमेरिकी हमलाको नेकपा (माओवादी) द्वारा कडा विरोध
- नेपाली सेनासहित संयुक्त टोलीले मतपेटिका ढुवानीको जिम्मेवारी सम्हाल्ने
- निर्वाचन आयोगको चेतावनी: नगद चलखेल भए उम्मेदवारी खारेज, ६ वर्ष प्रतिबन्ध
- कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनबारे आयोगको ध्यानाकर्षण गरायो
- इरानको कडा चेतावनी ‘सबैभन्दा विनाशकारी’ जवाफी कारबाहीको घोषणा
- Spil Chicken Road 2 Online – Få Demoen Gratis og Se Om du Vinder
- इरानमा आक्रमण, बालिका विद्यालय लक्षित हुँदा ५७ जनाको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया