Techie IT
  • सोमबार, चैत्र ९, २०८२ / Monday, March 23, 2026
गृहपृष्ठअन्यनिर्वाचन सफलताको श्रेय सामूहिक समन्वयलाई : गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

निर्वाचन सफलताको श्रेय सामूहिक समन्वयलाई : गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित


काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्याल ले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेलेका गृह मन्त्रालयका कर्मचारी तथा विभिन्न सुरक्षा निकायका उच्च अधिकारीहरूलाई सम्मान गरेका छन्।

सोमबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले सचिवदेखि सुरक्षा प्रमुखहरूसम्मलाई प्रशंसापत्र प्रदान गर्दै निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुमा सबै पक्षबीचको समन्वय निर्णायक रहेको बताए।

उक्त कार्यक्रममा गृह मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, नेपाली सेना का बलाध्यक्ष, नेपाल प्रहरी का महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपाल का महानिरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतलाई सम्मान गरिएको हो । साथै काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू पनि सम्मानित भएका छन्।

मन्त्री अर्यालले यसपटकको निर्वाचनलाई “ऐतिहासिक” उल्लेख गर्दै रक्तपातरहित र पुनः मतदान नगरी सम्पन्न हुनु नयाँ मानक भएको बताए। केन्द्रदेखि जिल्ला तहसम्मको प्रभावकारी समन्वय, सुरक्षा व्यवस्थापन र जिम्मेवार भूमिकाले सकारात्मक परिणाम दिएको उनको भनाइ छ।

उनले निर्वाचनमा खटिएका सुरक्षाकर्मी, कर्मचारी तथा सरोकारवालाको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यही समन्वय र प्रभावकारी कार्यशैलीलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका हुन्।

कार्यक्रममा अन्य उच्च अधिकारीहरूले पनि बलियो सहकार्य र समन्वयकै कारण निर्वाचन सफल भएको धारणा व्यक्त गरेका छन्।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino