मकवानपुरमा भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जङ्गलमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ।
सोमबार घाँस काट्न गएकी सोही वडाको जातिपोखरी निवासी वीरेन्द्र वाइवाकी ९ वर्षीया छोरी लमिना वाइवाको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घाँस काट्न गएकी बालिका घर नफर्किएपछि गरिएको खोजतलासका क्रममा मंगलबार भिरबाट लडेर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
आज शव परीक्षणका लागि अस्पताल पठाउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
यस घटनाले ग्रामीण क्षेत्रमा बालबालिकाको सुरक्षा र जोखिम न्यूनीकरणको आवश्यकता फेरि उजागर गरेको छ।
ताजा अपडेट
- Golden Hearts: A Symbol of Compassion and Community in Australia
- नेपालमा ‘कमिशन संस्कृति’को जाल : दैनिक जीवनदेखि विकास निर्माणसम्म ‘कट’को प्रभाव
- कांग्रेस केन्द्रीय समितिको बैठक सुरु, विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
- दुःखद खबर: डोटीमा जिप दुर्घटना, दुई युवाको मृत्यु
- झापामा बर्ड फ्लु फैलियो, कुखुरा–अण्डा ओसारपसारमा पूर्ण प्रतिबन्ध
- मकवानपुरमा भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु
- रास्वपालाई बधाई, गगन थापाले मागे गिरीबन्धु र वाइडबडी प्रकरणको छानबिन
- रुपन्देहीमा ट्रकको ठक्कर, २१ वर्षीय युवकको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया