झापामा बर्ड फ्लु फैलियो, कुखुरा–अण्डा ओसारपसारमा पूर्ण प्रतिबन्ध
काठमाडौं । झापामा ‘बर्ड फ्लु’ पुष्टि भएपछि प्रशासनले पक्षीजन्य वस्तुको ओसारपसारमा कडाइ गरेको छ।
दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा पालिएका कुखुरामा संक्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको हो।
मंगलबार संक्रमण देखिएका क्षेत्रलाई केन्द्र मानेर चारै दिशामा सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ। कुखुरा, अण्डा, दाना तथा अन्य पक्षीजन्य सामग्री एक स्थानबाट अर्को स्थानमा लैजान पूर्ण रूपमा रोक लगाइएको प्रशासनले जनाएको छ।
भेटेरिनरी अस्पतालका अनुसार आज दमक–१० स्थित एक फार्ममा ‘हाइप्याथोजेनिक’ बर्ड फ्लु पुष्टि भएपछि त्यहाँका सबै कुखुरा नष्ट गरिएको छ। संक्रमण थप नफैलियोस् भनेर निगरानी तथा परीक्षण कार्य जारी रहेको बताइएको छ।
छिमेकी जिल्ला मोरङ र सुनसरीमा समेत संक्रमणको जोखिम देखिन थालेकाले अवस्था थप संवेदनशील बनेको हो। नमूनाहरूको परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ।
प्रशासनले रोग फैलिन नदिन कडाइका साथ निगरानी बढाउँदै किसानलाई आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेको छ।
ताजा अपडेट
- Golden Hearts: A Symbol of Compassion and Community in Australia
- नेपालमा ‘कमिशन संस्कृति’को जाल : दैनिक जीवनदेखि विकास निर्माणसम्म ‘कट’को प्रभाव
- कांग्रेस केन्द्रीय समितिको बैठक सुरु, विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
- दुःखद खबर: डोटीमा जिप दुर्घटना, दुई युवाको मृत्यु
- झापामा बर्ड फ्लु फैलियो, कुखुरा–अण्डा ओसारपसारमा पूर्ण प्रतिबन्ध
- मकवानपुरमा भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु
- रास्वपालाई बधाई, गगन थापाले मागे गिरीबन्धु र वाइडबडी प्रकरणको छानबिन
- रुपन्देहीमा ट्रकको ठक्कर, २१ वर्षीय युवकको मृत्यु
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया