बायाँ खुट्टामा संक्रमणका कारण रवि लामिछाने टिचिङ अस्पतालमा उपचाररत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने स्वास्थ्य उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका छन्।
बायाँ खुट्टामा समस्या देखिएपछि उनलाई अस्पतालको हाडजोर्नी विभागमा मंगलबार भर्ना गरिएको हो।अस्पताल स्रोतका अनुसार केही समयदेखि औषधि सेवन गर्दा पनि अवस्था सुधार नदेखिएपछि थप परीक्षण र उपचारका लागि आज पनि अस्पतालमा राखिएका छन् ।
अस्पतालका प्रवक्ता डा. गोपाल सेडाईंका अनुसार लामिछानेलाई गत माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा बायाँ खुट्टामा चोट लागेको हो। सोही चोटका कारण पछि छालाको भित्री तहमा संक्रमण फैलिएको अस्पतालले जनाएको छ।
संक्रमण पुष्टि भएपछि उनलाई नशामार्फत एन्टिबायोटिक दिइँदै उपचार भइरहेको छ। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकहरूको निगरानीमा उपचार प्रक्रिया जारी रहेको अस्पतालले जानकारी गराएको छ।
लामिछानेको सचिवालयका अनुसार चिकित्सकको सुझावअनुसार उनी केही दिन अस्पतालमै बसेर उपचार गराउनेछन् ।चिकित्सकको निगरानीमा उपचार भइरहेको बताइए पनि पार्टी गतिविधिमा अस्थायी रूपमा विश्राम लिने तयारी गरिएको छ।

ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया