आईसीसी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरीको छलाङ, नेपाललाई गौरव
काठमाडौँ । नेपाली क्रिकेटका भरपर्दा खेलाडी दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय स्तरमा फेरि एकपटक आफ्नो क्षमता प्रमाणित गरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो टी–२० अलराउन्डर वरीयतामा ऐरी दुई स्थान सुधार गर्दै छैटौँ स्थानमा उक्लिएका हुन्।
पछिल्लो समय निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका ऐरीको यो उचाइले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचान थप बलियो बनाएको छ।
टी–२० अलराउन्डर वरीयतामा नेपालका अन्य खेलाडीहरूमध्ये कुशल भुर्तेल २४औँ, रोहित पौडेल ४५औँ, गुल्सन झा ५१औँ, कुशल मल्ल ८९औँ र करण केसी ९९औँ स्थानमा रहेका छन्।
अलराउन्डर वरीयताको शीर्ष स्थानमा जिम्बावेका सिकन्दर राजा रहेका छन् भने पाकिस्तानका सइम अयुब दोस्रो र भारतका हार्दिक पान्ड्या तेस्रो स्थानमा छन्। टी–२० ब्याटिङ वरीयतामा पनि नेपाली खेलाडीहरूको उपस्थिति देखिएको छ।
दीपेन्द्रसिंह ऐरी ७५औँ, रोहित पौडेल ७७औँ, आसिफ शेख ७८औँ र कुशल भुर्तेल ७९औँ स्थानमा छन्। यस वरीयताको अग्रस्थानमा भारतका अभिषेक शर्मा, दोस्रोमा इङ्ग्ल्यान्डका फिल साल्ट र तेस्रोमा भारतकै तिलक वर्मा रहेका छन्।
बलिङ वरीयतामा नेपालका ललित राजवंशी ७५औँ, दीपेन्द्रसिंह ऐरी ७९औँ र सन्दीप लामिछाने ८३औँ स्थानमा छन्। बलिङतर्फ भारतका वरुण चक्रवर्ती शीर्ष स्थानमा रहँदा अफगानिस्तानका राशिद खान दोस्रो र श्रीलङ्काका वानिन्दु हसरङ्गा तेस्रो स्थानमा छन्।
समग्र टी–२० टिम वरीयतामा नेपाल १७औँ स्थानमा यथावत् छ। यस सूचीमा पाकिस्तान एक स्थान सुधार गर्दै छैटौँ स्थानमा उक्लिएको छ भने वेस्ट इन्डिज सातौँ स्थानमा झरेको छ। भारत, अस्ट्रेलिया र इङ्ग्ल्यान्ड शीर्ष तीन स्थानमा यथावत् छन्।
दीपेन्द्रसिंह ऐरीको यो उपलब्धिले नेपाली क्रिकेटको आत्मविश्वास बढाएको छ भने आगामी दिनमा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा अझ बलियो उपस्थिति जनाउने अपेक्षा पनि थपिएको छ।
ताजा अपडेट
- जेनजी पुस्ताका अगुवा मिराज ढुङ्गाना कांग्रेसमा प्रवेश गर्दै
- निर्वाचन अघि भ्रामक सामग्री फैलाउनेविरुद्ध सरकारको कडा चेतावनी
- इरानमाथि अमेरिकी हमलाको नेकपा (माओवादी) द्वारा कडा विरोध
- नेपाली सेनासहित संयुक्त टोलीले मतपेटिका ढुवानीको जिम्मेवारी सम्हाल्ने
- निर्वाचन आयोगको चेतावनी: नगद चलखेल भए उम्मेदवारी खारेज, ६ वर्ष प्रतिबन्ध
- कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनबारे आयोगको ध्यानाकर्षण गरायो
- इरानको कडा चेतावनी ‘सबैभन्दा विनाशकारी’ जवाफी कारबाहीको घोषणा
- Spil Chicken Road 2 Online – Få Demoen Gratis og Se Om du Vinder
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया