Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिरास्वपाको निर्वाचन तयारी तीव्र, डीपी अर्याल नेतृत्वमा ५१ सदस्यीय समिति गठन

रास्वपाको निर्वाचन तयारी तीव्र, डीपी अर्याल नेतृत्वमा ५१ सदस्यीय समिति गठन


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ।

पार्टी उपसभापति डोलप्रसाद (डीपी) अर्यालको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गरिएको हो।

रास्वपाका अनुसार २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर चुनावी गतिविधि व्यवस्थापन, रणनीति निर्माण र कार्यान्वयनका लागि उक्त समिति बनाइएको छ । उक्त समितिको सदस्य–सचिवको जिम्मेवारी शंकर श्रेष्ठलाई दिइएको छ ।

यससँगै पार्टीले सातै प्रदेशमा निर्वाचन समन्वय समिति पनि गठन गरेको जनाएको छ।  समितिमा समन्वय सचिव तथा सदस्यहरू तोकिँदै प्रदेशस्तरबाट निर्वाचनसम्बन्धी गतिविधि प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

पार्टी संगठनलाई थप सुदृढ बनाउन र चुनावी व्यवस्थापनलाई चुस्त बनाउन रास्वपाले आन्तरिक समन्वय, प्रशासनिक समन्वय र सञ्चार समन्वयसम्बन्धी तीन विशेष समिति पनि गठन गरेको छ। समितिले पार्टीभित्रको समन्वय र सन्देश प्रवाहलाई व्यवस्थित गर्ने जनाइएको हो।

रास्वपाले निर्वाचनलाई केन्द्रमा राखेर संगठन विस्तार, जनसम्पर्क र रणनीतिक तयारीलाई अझ सक्रिय बनाउँदै लैजाने जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino