Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिविभिन्न पार्टी परित्याग गर्दै नेता–कार्यकर्ता माओवादीमा प्रवेश

विभिन्न पार्टी परित्याग गर्दै नेता–कार्यकर्ता माओवादीमा प्रवेश


काठमाडौं । विभिन्न राजनीतिक दल परित्याग गर्दै नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मा प्रवेश गर्ने क्रम जारी रहेको छ।

आज राजधानी काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत उनीहरू औपचारिक रूपमा माओवादीमा प्रवेश गर्न लागेका हुन्।

कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा हुने कार्यक्रममा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ स्वयं उपस्थित भई नवप्रवेशी नेता–कार्यकर्ताहरूलाई स्वागत गर्ने जानकारी दिएको  छ।

कार्यक्रमलाई पार्टी एकता, वैचारिक प्रतिबद्धता र संगठन सुदृढीकरणका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

पार्टीका अनुसार देशको वर्तमान राजनीतिक अवस्था, जनअपेक्षा र परिवर्तनको एजेन्डालाई आत्मसात गर्दै विभिन्न दलबाट असन्तुष्ट बनेका नेता–कार्यकर्ता माओवादीतर्फ आकर्षित भएका हुन्।

यस प्रवेशले पार्टी संगठन थप मजबुत हुने विश्वास नेतृत्वले व्यक्त गरेको छ।

राजनीतिक रूपमा सक्रियता बढ्दै गएको यो प्रवेश कार्यक्रमले आगामी दिनमा माओवादीको सांगठनिक प्रभाव विस्तार हुने संकेत दिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino