मतदान मिति नजिकिँदै, काठमाडौंमा त्रिस्तरीय सुरक्षा व्यवस्था कडा
काठमाडौं । फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था थप मजबुत बनाइएको छ ।
निर्वाचनलाई शान्त, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यसहित सुरक्षा निकायहरूले संयुक्त सुरक्षा अभियान तीव्र पारेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पछिल्लो समय नियमित गस्तीको संख्या बढाइएको छ भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समन्वयमा राजधानीका संवेदनशील क्षेत्रहरूमा संयुक्त गस्ती भइरहेको छ । मुख्य चोक, भीडभाड हुने स्थान, होटल, लज तथा सार्वजनिक स्थलहरूमा कुकुरसहितको सुरक्षा जाँच (डग स्निफिङ) र आकस्मिक ‘सरप्राइज चेकिङ’ सञ्चालन गरिएको हो ।
सुरक्षा निकायहरूले सम्भावित जोखिमसँग सम्बन्धित सूचनाहरू संकलन गरी त्यसको विश्लेषणका आधारमा रणनीति तय गरिरहेको बताएका छन् । कुनै पनि अप्रिय घटना हुन नदिन निर्वाचन अवधिभर उच्च सतर्कता अपनाइने जनाइएको छ ।
काठमाडौं जिल्लामा कुल ३२० मतदानस्थल तोकिएका छन् । तीमध्ये १७६ वटा सामान्य र १४४ वटा संवेदनशील सूचीमा राखिएको छ । जिल्ला प्रहरी परिसरका अनुसार हालसम्म अतिसंवेदनशील मतदानस्थल भने पहिचान गरिएको छैन ।
निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन काठमाडौंमा मात्र ३ हजार ८५४ जना निर्वाचन प्रहरी परिचालन गरिएको छ । सुरक्षा निकायहरूले नागरिकलाई ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्दै निर्वाचन सफल बनाउन सबैको सहयोग आवश्यक रहेको जानकारी दिइएका हुन् ।
सुरक्षा व्यवस्था कडा बनाइएकै बीच सुरक्षा निकायहरूले निर्वाचनलाई भयमुक्त र विश्वासिलो बनाउने प्रतिबद्धता उल्लेख गरेका छन् ।
उनीहरूले कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल नजिकको सुरक्षा निकायलाई जानकारी दिन नागरिकहरूलाई आग्रह गर्दै सुरक्षित र शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन सबै पक्षको सहकार्य आवश्यक रहेको हुँदा नागरिकबाट साथ सहयोग पाउने अपेक्षा गरेका छन् ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया