Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठअन्तर्राष्ट्रियराष्ट्रपति पौडेल जापान प्रस्थान गर्दै, ७०औँ कूटनीतिक वर्षगाँठमा उच्चस्तरीय भेटघाट

राष्ट्रपति पौडेल जापान प्रस्थान गर्दै, ७०औँ कूटनीतिक वर्षगाँठमा उच्चस्तरीय भेटघाट


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज  जापानको औपचारिक भ्रमणका लागि प्रस्थान गर्दै छन्।

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमण गर्न लागेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसारआइतबार राष्ट्रपति पौडेल नेपाल एयरलाइन्सको उडान नम्बर ४३३ मार्फत आज राति ११ः३० बजे जापानतर्फ उड्नेछन्। भ्रमणपछि उनी माघ २१ गते अपराह्न ४ः३० बजे स्वदेश फर्कने कार्यक्रम छ।

भ्रमणका क्रममा माघ १९ गते जापान सरकारले आयोजना गर्ने नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा राष्ट्रपति पौडेल सहभागी हुनेछन्।

माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट तथा जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग द्विपक्षीय भेटवार्ता तय भएको छ। सोही दिन जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि शिष्टाचार भेट हुने जनाइएको छ।

यस्तै, राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग अन्तरक्रिया गर्ने र जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ।

भ्रमणमा राष्ट्रपति पौडेलसँग उनकी धर्मपत्नी श्रीमती सबिता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू सहभागी हुनेछन्।

उक्त भ्रमणले नेपाल–जापानबीचको दीर्घकालीन मित्रता थप सुदृढ गर्दै कूटनीतिक, आर्थिक र जनस्तरीय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino