चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष दिनेश सिटौलाको निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ।
काठमाडौंस्थित ग्राण्डी अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै उनको दिउँसो १२ बजेर ४५ मिनेटमा निधन भएको पुष्टि गरेको हो।
अछाममा बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए । अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई तत्काल काठमाडौं ल्याई ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो।
अस्पतालका अनुसार सिटौलालाई गहन उपचार कक्षमा राखेर उपचार गरिए पनि ४८ घण्टासम्म उनको स्नायु प्रणालीमा कुनै सुधार देखिएन। चिकित्सकीय मापदण्डअनुसार गरिएको परीक्षणमा स्वतः श्वासप्रश्वास नदेखिएको र मस्तिष्कको कार्यक्षमता पुनःस्थापना हुने सम्भावना नरहेको निष्कर्ष निकालिएको अस्पतालले जनाएको छ।
उपचारको सम्पूर्ण प्रक्रिया र अवस्थाबारे परिवारलाई जानकारी गराइएपछि चिकित्सक टोलीले उनको निधन घोषणा गरेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ।
चलचित्र पत्रकारितामा लामो समय योगदान दिएका सिटौलाको निधनले नेपाली पत्रकारिता क्षेत्र शोकमा डुबेको छ।
उनका सहकर्मी, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया