रास्वपाको संघीय चुनावको तयारी तीव्र, ५१ सदस्यीय निर्वाचन सम्पादन समिति गठन
काठमाडौं । आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ।
पार्टी उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय समिति बनाइएको हो।
पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीका अनुसार केन्द्रीय समितिको निर्णयअनुसार निर्वाचन केन्द्रित गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउन समिति गठन गरिएको हो। समितिको सदस्य सचिवको जिम्मेवारी शंकर श्रेष्ठलाई दिइएको छ।
रास्वपाले संघीय निर्वाचनलाई व्यवस्थित बनाउन प्रदेशगत रूपमा प्रदेश समन्वय सचिव तोकेको छ भने केन्द्रीय तहमा आन्तरिक समन्वय, प्रशासनिक समन्वय र सञ्चार समन्वयसम्बन्धी छुट्टाछुट्टै उपसमितिहरू पनि गठन गरेको जनाएको छ।
पार्टी नेतृत्वका अनुसार गठित समितिले निर्वाचन रणनीति, संगठनात्मक समन्वय र प्रचार–प्रसारलाई व्यवस्थित गर्दै प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको भूमिकालाई अझ सक्रिय बनाउने लक्ष्य लिएको छ।
पार्टीले निर्वाचनको तयारीलाई संस्थागत रूपमा अघि बढाउने संकेत गर्दै संगठन सुदृढीकरण र समन्वयलाई प्राथमिकतामा राखेको देखिएको छ।
ताजा अपडेट
- Mother your children are like birds
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया