Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठसमाचारबालकुमारी पुलमा पिकअप भ्यानको ठक्कर, पैदलयात्री महिलाको मृत्यु

बालकुमारी पुलमा पिकअप भ्यानको ठक्कर, पैदलयात्री महिलाको मृत्यु


काठमाडौं । ललितपुरको बालकुमारी पुल नजिकै पिकअप भ्यानको ठक्करबाट एक पैदलयात्री महिलाको ज्यान गएको छ।

काठमाडौं महानगरपालिका–३२ अन्तर्गतको उक्त सडकखण्डमा शनिबार राति दुर्घटना भएको हो। बा.प्र.०३–०२६ च १७०६ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा करिब ५० वर्षीया महिला गम्भीर घाइते भएकी हुन् ।

नामथर खुल्न नसकेकी ती महिलालाई तत्काल उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल लगिएको हो।अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा संलग्न पिकअप भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ भने शव पोस्टमार्टमका लागि तयारी गरिएको छ



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino