Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिनेकपा(माओवादी) को चुनावी प्रतिबद्धता-पत्र औपचारिक रुपमा सार्वजनिक

नेकपा(माओवादी) को चुनावी प्रतिबद्धता-पत्र औपचारिक रुपमा सार्वजनिक


काठमाडौं । नेकपा (माओवादी) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी प्रतिबद्धता–पत्र औपचारिक रूपमा सार्वजनिक गरिएको छ।

संघीय राजधानी काठमाडौंस्थित संवाद डबलीमा आयोजित प्रतिबद्धता–पत्र सार्वजनिकरण कार्यक्रममार्फत पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ द्वारा उक्त दस्तावेज सार्वजनिक गरिएको हो।

२२ बुँदा समेटिएको प्रतिबद्धता–पत्रमा स्वाधीनता, आत्मनिर्भरता र समानताको पक्षमा उभिँदै नेकपा (माओवादी) का उम्मेदवारहरूलाई मतदान गर्न आह्वान गरिएको छ। महासचिव विप्लवद्वारा “तपाईं साथ दिनुहोस्, हामी सेवा गर्नेछौं” भन्ने सन्देश दिँदै पार्टीको चुनाव चिन्ह गुलाफमा मतदान गरी निर्वाचनमा होमिएका उम्मेदवारहरूलाई निर्वाचित गराउन अपिल गरिएको हो।

प्रतिबद्धता–पत्रको प्रस्तावनामा नव–युवाको विद्रोहपछि देशमा फरक राजनीतिक घटनाक्रम विकास भई निर्वाचनको अवस्था सिर्जना भएको र राज्यबाट उत्पन्न गम्भीर संकटको अग्रगामी राजनीतिक निकासका लागि नेकपा (माओवादी) निर्वाचनमा सहभागी भएको उल्लेख गरिएको छ।

नेपाल राज्यलाई एकीकृत र समृद्ध बनाउन अग्राधिकारसहितको समाजवादी संघीय राज्यमा पुनर्संरचना गरिने प्रतिबद्धता जनाइएको छ। साथै कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका लगायत राज्यका सबै अंग र निकायमा बहिष्करणमा परेका वर्ग, क्षेत्र, जाति–जनजाति तथा लिङ्गको समानुपातिक सहभागिता र प्रतिस्पर्धा सुनिश्चित गरिने जानकारी दिएको  छ।

नेकपा (माओवादी) ले परिकल्पना गरेको राज्य व्यवस्थाले मजदुर, किसान, श्रमजीवी, मध्यम वर्ग र बुद्धिजीवी वर्गलाई राजनीतिक रूपमा अधिकार सम्पन्न बनाउने दाबी गरिएको छ। साथै जनजाति, दलित, महिला, मधेसी, मुस्लिम, अल्पसंख्यक तथा उत्पीडित समुदायलाई राजनीतिक, आर्थिक, सांस्कृतिक, भाषिक र मनोवैज्ञानिक रूपमा एकताबद्ध गर्ने उल्लेख गरिएको हो।

प्रतिबद्धता–पत्रमा राजनीतिक व्यवस्था, शासकीय स्वरूप, आर्थिक नीति, सुशासन तथा मौलिक अधिकार, समाज र संस्कृति, शिक्षा, स्वास्थ्य, रोजगारी, विज्ञान र प्रविधि, यसैगरी- परराष्ट्र नीति, सुरक्षा नीति, सन्धि–सम्झौता, सूचना तथा सञ्चार नीति, यातायात नीति, पर्यटन नीति, जलविद्युत नीति, त्यस्तै -निजी क्षेत्र, खेलकुद, पर्यावरण, सुकुम्बासी समस्या तथा मध्यम वर्ग संघर्षलगायत विविध क्षेत्रहरूमा पार्टीको आगामी नीति र कार्यक्रम स्पष्ट रूपमा प्रस्तुत गरिएको छ।

यससँगै नेकपा (माओवादी) ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो राजनीतिक दृष्टिकोण, प्राथमिकता र प्रतिबद्धता प्रस्तुत गर्दै मतदातामाझ स्पष्ट र सशक्त सन्देश दिएको देखिन्छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino