राष्ट्रपति पौडेलद्वारा जापानी व्यवसायीलाई नेपालमा लगानीको खुला आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका अवसर उपयोग गर्न औपचारिक रूपमा आह्वान गरेका छन्।
नेपाल र जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा आज टोकियोमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा उनले सो आह्वान गरेका हुन्।
कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल सरकार वैदेशिक लगानीलाई पूर्ण संरक्षण, सहज प्रक्रिया र निर्बाध सहकार्य प्रदान गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले कृषि, जलस्रोत, पर्यटन, सूचना प्रविधि, उत्पादन र सेवाक्षेत्रलाई जापानी लगानीका प्रमुख सम्भावना भएका क्षेत्रका रूपमा उल्लेख गरे।
नेपाल र जापानबीच सांस्कृतिक र ऐतिहासिक सम्बन्ध पुरानो रहेको स्मरण गराउँदै राष्ट्रपति पौडेलले गौतम बुद्धको शान्ति दर्शनले दुवै मुलुकलाई जोडेको बताए।
उनले भने, “नेपालमा लगानी गर्दा आर्थिक लाभ मात्र होइन, सामाजिक र नैतिक मूल्य पनि प्राप्त हुन्छ।”
राष्ट्रपति पौडेलले नेपालको भौगोलिक अवस्थिति—भारत र चीनजस्ता दुई उदयीमान अर्थतन्त्रबीच रहेको तथ्य—लगानीकर्ताका लागि थप फाइदाजनक रहेको उल्लेख गरे।
साथै, सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने नेपालको लक्ष्य हासिल गर्न विदेशी लगानी महत्वपूर्ण हुने धारणा व्यक्त गरे।
कार्यक्रममा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले स्वागत मन्तव्य राखे भने परराष्ट्र मन्त्रालयका सचिव अमृत राई तथा सहसचिव भृगु ढुंगानाले नेपालमा लगानीका अवसरबारे प्रस्तुति दिएका हुन् ।
जापानी व्यवसायीहरूले नेपालमा लगानीको ठूलो सम्भावना रहेको भन्दै चासो व्यक्त गरेका छन् ।
अन्त्यमा नेपाल र जापानबीचको ७० वर्षे मित्रतालाई आर्थिक साझेदारीमा रूपान्तरण गर्ने दिशामा राष्ट्रपतिको यो पहलले दुई देशबीच लगानी र व्यापारिक सहकार्य नयाँ उचाइमा पुग्ने अपेक्षा गरिएको छ।
ताजा अपडेट
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया