अष्ट्रेलियामा कडा अनलाइन सुरक्षा नीति, १६ वर्ष मुनिका चार लाखभन्दा बढीको सामाजिक सञ्जाल खाता बन्द
काठमाडौं । अष्ट्रेलियामा लागू गरिएको नयाँ अनलाइन सुरक्षा कानूनको कार्यान्वयनसँगै १६ वर्ष मुनिका प्रयोगकर्ताका सामाजिक सञ्जाल खाता व्यापक रूपमा बन्द हुन थालेका छन्। यसैक्रममा स्न्यापच्याटले मात्रै करिब चार लाख १५ हजार नाबालिग प्रयोगकर्ताका खाता निष्क्रिय बनाएको जनाएको छ।
नयाँ कानूनअनुसार स्न्यापच्याट, मेटा, टिकटक र युट्युबजस्ता डिजिटल प्लेटफर्महरूले नाबालिग प्रयोगकर्ताको पहुँच सीमित गर्नुपर्ने व्यवस्था गरिएको छ। उक्त कानून गत डिसेम्बर १०, २०२५ देखि लागू भएको हो। कानून उल्लङ्घन गरेमा सम्बन्धित कम्पनीलाई ठूलो आर्थिक जरिवानासमेत तिराउने प्रावधान छ।
स्न्यापच्याटले भने उमेर प्रमाणिकरण प्रणाली पूर्ण रूपमा भरपर्दो नभएको बताउँदै केही प्रयोगकर्ताले प्रणाली छल्न सक्ने जोखिम औँल्याएको छ। कम्पनीका अनुसार हाल प्रयोग भइरहेका प्रविधिले दुई–तीन वर्षको उमेर फरक मात्र अनुमान गर्न सक्ने हुँदा गलत प्रयोगकर्ता पनि प्रभावित हुन सक्छन्।
अष्ट्रेलियाको अनलाइन सुरक्षा नियामकका अनुसार पछिल्लो समय प्रविधि कम्पनीहरूले संयुक्त रूपमा चार लाख ७० हजारभन्दा बढी खाता पहिल्यै अवरुद्ध गरिसकेका छन्। स्न्यापच्याटले भने दैनिक रूपमा थप खाता बन्द गर्ने प्रक्रिया जारी रहेको स्पष्ट पारेको छ।
यस्तै, स्न्यापच्याट र मेटाजस्ता कम्पनीहरूले एप स्टोरमै केन्द्रीकृत उमेर प्रमाणिकरण प्रणाली अनिवार्य गर्न सुझाव दिएका छन्। यसले प्रयोगकर्ताको सुरक्षामा थप मजबुती ल्याउने उनीहरूको दाबी छ।
त्यसैगरी प्रविधि कम्पनीहरूले बालबालिकाको सुरक्षा आवश्यक भए पनि पूर्ण प्रतिबन्ध दीर्घकालीन समाधान नभएको तर्क अघि सार्दै सुरक्षित प्रविधि प्रयोगका लागि वैकल्पिक उपाय खोजिनुपर्नेमा जोड दिएका छन्।
ताजा अपडेट
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया