न्युयोर्कमा कठोर चिसोको कहर : १४ जनाको ज्यान गयो
काठमाडौं । पछिल्लो एक सातादेखि जारी अत्यधिक चिसोका कारण न्युयोर्क सहरमा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ। सहरका मेयर जोहरान ममदानीले चिसो मौसमले जनजीवन गम्भीर रूपमा प्रभावित बनाएको जानकारी दिनुभएको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रारम्भिक अनुसन्धानमा कम्तीमा आठ जनाको मृत्यु प्रत्यक्ष रूपमा चिसो तापक्रमकै कारण भएको खुलेको छ। बाँकी घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
अमेरिकामा जनवरी २५ तारिखदेखि सुरु भएको शक्तिशाली जाडो आँधीले न्युयोर्कसहित विभिन्न क्षेत्रमा भारी हिमपात गराएको छ। अत्यधिक हिउँ जम्दा सडक, फुटपाथ तथा यातायात प्रणाली अवरुद्ध भएका छन्।
मेयर ममदानीका अनुसार हालसम्म करिब छ करोड ७० लाख पाउन्ड हिउँ हटाइसकिएको छ भने सडक र सार्वजनिक स्थान सफा गर्न करिब १८ करोड ८० लाख पाउन्ड नुन प्रयोग गरिएको हो।
चिसोबाट सबैभन्दा जोखिममा रहेका घरबारविहीन तथा विस्थापित व्यक्तिहरूलाई सुरक्षित राख्न विशेष उपाय अपनाइएको सहर प्रशासनले जनाएको छ। न्युयोर्कका पाँच स्थानमा तातो र सुरक्षित आश्रय केन्द्रहरू सञ्चालनमा ल्याइएका छन् भने नयाँ अस्थायी आश्रय एकाइहरू पनि खुला गरिँदै छन्।
सहर प्रशासनले अत्यधिक चिसोको जोखिम अझै कायम रहेकाले नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न, न्यानो कपडा प्रयोग गर्न र आपतकालीन सेवासँग सम्पर्कमा रहन आग्रह गरेको छ।
ताजा अपडेट
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया