मादुरो रिहाइको मागमा काराकसमा विशाल प्रदर्शन
काठमाडौं । घातक अमेरिकी सैन्य कारबाहीपछि हटाइएका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोको रिहाइको माग गर्दै हजारौँ समर्थकहरू राजधानी काराकसका सडकमा उत्रिएका छन्।
प्रदर्शनकारीहरूले मादुरो भेनेजुएलाका लागि अपरिहार्य नेता भएको दाबी गर्दै न्युयोर्कमा लागूऔषधसम्बन्धी मुद्दा लगाएर उनलाई अपदस्थ गरिएको भन्दै विरोध जनाएका हुन् ।
प्रदर्शनमा सहभागी अधिकांश सार्वजनिक क्षेत्रका कर्मचारीहरू रहेका छन् । उनीहरूले मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसका तस्बिर बोकेर भेनेजुएलाको झण्डा फहराएका छन् । ह्युगो चावेजको नाम जोडिएको रातो पोशाकमा सजिएका समर्थकहरूको पदयात्रा सयौँ मिटर लामो रहेको बताइएको छ।
यसैबीच अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज राजनीतिक संकटको चपेटामा छन्। वासिङ्टनले मादुरो समर्थक र सर्वसाधारणको समर्थन खोजिरहेको जनाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोड्रिगेज अमेरिकासँग सहकार्य गर्न इच्छुक रहेको र भेनेजुएलाको विशाल तेल भण्डारमा पहुँच दिन तयार रहेको बताएका छन्। दबाब बढेपछि रोड्रिगेज सरकारले राजनीतिक बन्दी रिहाइ र हाइड्रोकार्बन उद्योग निजी लगानीका लागि खोल्ने प्रक्रिया अघि बढाएको छ।
अमेरिकी मिसनले सार्वजनिक गरेको भिडियोमा संकटग्रस्त भेनेजुएलालाई “स्थिर, समृद्ध र लोकतान्त्रिक” बनाउने तीन चरणको योजना प्रस्तुत गरिएको छ।
यसअघि पनि सयौँ विश्वविद्यालय विद्यार्थी र राजनीतिक बन्दीका आफन्तहरूले कानून तत्काल स्वीकृत गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । विपक्षी दलहरूले मादुरो अपदस्थ भएपछि निष्पक्ष नयाँ निर्वाचनको मागलाई अझ तीव्र बनाएका छन्।
भेनेजुएलामा सत्ता, सडक र अन्तर्राष्ट्रिय दबाबबीचको संघर्ष चर्किँदै जाँदा राजनीतिक भविष्य अझै अनिश्चित बनेको छ।
ताजा अपडेट
- रवि–बालेन पक्षबीच समानुपातिक सिट बाँडफाँटमा विवाद, रास्वपाभित्र आन्तरिक सकस
- ट्रम्पपछि इरानका राष्ट्रपति पेजेशकियानसँग पुटिनको टेलिफोन कुराकानी
- ७ महिनामा १२ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियो, वृद्धि दर ३९.८%
- tc-check-aviator
- दीपक मनाङे जेलमुक्त, तरबार प्रहार प्रकरणमा सजाय भुक्तानपछि रिहा
- रास्वपा दुईतिहाइ नजिक, २ सिट अपुग समानुपातिकमा ५७ सिट पाउने सम्भावना
- सुर्खेतकी किशोरीको रहस्यमय मृत्यु : निष्पक्ष छानबिनको माग चर्कियो
- गगनको राजीनामा होइन १५ औँ महाधिवेशनको मिति घोषणा जरुरी किरण गिरी,
धेरैले पढेको
- भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो- माओवादी
- नेपाली कम्युनिस्ट पार्टी सँग एकताको हल्ला निराधार हो – माओवादी
- भ्रमपुर्ण समाचारको नेकपा (माओवादी) द्वारा खण्डन
- महेन्द्र पाण्डेको नेतृत्वमा रास्वपाको हुम्ला जिल्ला समिति माओवादीमा समाहित
- कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड एकल उम्मेदवार सिफारिस
- रबि र प्रचण्डको साथ छोड्दै रास्वपा र पुर्व जनमुक्ति सेनाका कमान्डर हरू माओवादीमा प्रवेश
- रास्वपा परित्याग गरेका हुम्लाका नेता महिन्द्र पाण्डे नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा प्रवेश
- कम्युनिष्ट एकतामाथि विप्लवको तीखो प्रतिक्रिया, प्रचण्डको प्रस्तावप्रति असहमति


तपाईको प्रतिक्रिया