Techie IT
  • बिहीबार, फागुन २८, २०८२ / Thursday, March 12, 2026
गृहपृष्ठराजनितिएमाले उपाध्यक्ष बादलले दिए चुनावी सहकार्यको संकेत

एमाले उपाध्यक्ष बादलले दिए चुनावी सहकार्यको संकेत


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले देशमा अराजकता फैलाउने गतिविधिविरुद्ध उभिने राजनीतिक दलहरूसँग आवश्यक सहकार्य हुन सक्ने बताएका छन्।

ललितपुरको च्यासस्थित पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष बादलले निर्वाचन क्षेत्रअनुसार फरक–फरक दलबीच सहकार्यको सम्भावना रहेको स्पष्ट पारे। उनका अनुसार अहिले केही निर्वाचन क्षेत्रमा समझदारीका आधारमा सहकार्यका लागि संवाद भइरहेको छ।

उनले विशेष गरी रुकुम पश्चिममा जनार्दन शर्मालाई सघाउने विषयमा सहमति भइसकेको जानकारी दिँदै अन्य क्षेत्रहरूमा पनि सहकार्यको ढोका खुला रहेको बताए।

आगामी फागुन २१ गतेअघि कुन–कुन क्षेत्रमा सहकार्य सम्भव हुन्छ भन्ने विषयमा विभिन्न दलहरूसँग छलफल जारी रहेको उनले उल्लेख गरेगरेका छन् ।

अन्त्यमा, एमालेले आवश्यक ठानेका क्षेत्रमा राजनीतिक स्थिरता र सहकार्यलाई प्राथमिकतामा राख्दै आगामी निर्वाचन रणनीति अघि बढाउने संकेत दिएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको

booi casino